
Gipsg
Gsg
Unsku
Gst
gst
Sebsg
Gmssl
Gipsg
Pbu

Hal
Asm
Rgu
Sbs
Ggd
Ksm
Bbbpu
Vor
Rgs
Rsb
Gst
Tsm
Wsp
Ssm
Bbu
Pvg
Rgu
nsb
Sls

Ptm
Mks
Syp
Gsb
Jmb
Pls
bbt
Rpp
Bml
sab
Abd
Jmb
Rmb
दाङ । दाङदेखी छिमेकी पहाडी जिल्ला जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका छन् । घोराही देखी रोल्पाको होलेरी, घोराही देखी मुर्कुटी हुदै प्युठान र तुलसीपुर हुदै सल्यान जोड्ने मुख्य सडक जिर्ण बन्दै गएका हुन् । नियमित मर्मत सम्भार र गुणस्तरीय कालोपत्रे नहुदा सडक जिर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्को छ ।
घोराही देखी होलेरी जोड्ने शहिद मार्गमा कालोपत्रे गरेको एक बर्षमै उप्कीएर सडक निकै जिर्ण बनेको छ । त्यसैगरी, घोराही देखी प्युठान देविस्थान जोड्ने मदनभण्डारी लोकमार्गको कालोपत्रे पनि उप्कीदै जाँदा सडक विग्रीएको हो ।
घोराही होलेरी र घोराही मुर्कुटी सडक खण्डमा भारवहन क्षमता भन्दा धेरै चुनढुंगा बोक्ने टिप्परका कारण जिर्ण बनेको हो । उक्त सडकमा करोडौ रुपैयाँ लगानी गरेर कालोपत्रे गरे पनि महिना दिन मै कालो पत्रे उप्कीए पछि अहिले सडक जोखिम युक्त बनेको छ ।
उता तुलसीपुर देखी सल्यान जोड्ने राप्ती लोक मार्ग पनि निकै जिर्ण बनेको छ । पटक पटक खस्ने पहिरो र गुणस्तरीय मर्मत सम्भार नहुदा राप्ती लोकमार्गको यात्रा पनि निकै जोखिम पूर्ण बनेको छ । यी मुुख्य सडक सुधारका लागि सडक डिभिजन कार्यालयले चासो नदिदा यात्रा जोखिम र यात्रुले सास्ती भोग्नु परेको छ ।
