
Gsl
Ratbs
gms
Ddhbs
syysr
Pbu
Jsbus
Amb
Bksbus5
Nssbus7
Gsbus
Csbus
Ssbus
Syees
Rbs
dsbus

Rgs
Sls
Wsp
Hal
Rsb
Ksm
Bbbpu
Rgu
Rgu
Ssm
Asm
nsb
Pvg
Vor
Tsm
Bbu
Ggd
Sbs
Gst

Pls
Abd
Rmb
Gsb
Mks
bbt
Syp
Bml
Ptm
sab
Jmb
Rpp
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा दाङले “गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, सङ्घीयताको विरोध गरौँ” भन्ने मूल नाराका साथ आगामी असोज १० गतेदेखि १९ गतेसम्म विरोधसभा सम्पन्न गर्ने भएको छ । बुधबार राजमो दाङको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जिल्लाध्यक्ष गणेश आचार्यले जारी गर्नुभएको प्रेसविज्ञप्तिमा असोज १० गते जिल्लास्तरको विरोधसभा आयोजना गरिने बताइएको छ । त्यसैगरी असोज ११ गतेदेखि १९ गतेसम्म पालिकास्तरमा विरोध सभा गर्ने निर्णय गर्दै त्यसका लागि वक्तासमेत ठेगान गरेको छ ।
त्यस्तै कार्यतालिकामा राप्तीमा असोज १२ गते र तुलसीपुरमा असोज १४ गते आयोजित विरोधसभा राजमो केन्द्रीय कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले, लमही र बबईमा असोज १३ गते तथा बङ्गलाचुलीमा असोज १७ गते आयोजित विरोधसभामा जिल्लाध्यक्ष गणेश आचार्यले, सोही दिन घोराहीमा आयोजित विरोधसभामा जिल्ला सचिवालय सदस्य शुक्र भण्डारीले, राजपुरमा असोज १५ गते आयोजित विरोधसभामा अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष काशीनाथ पोखरेलले र सोही दिन गढवामा आयोजित विरोधसभालाई राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रेशम बिसीले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख रहेको छ ।
यस्तै प्रेसवक्तव्यमा राप्ती गाउँपालिकाका केही बस्तीलाई सरकारले वनक्षेत्रको जग्गाको नाममा हटाउन थालेको त्यसको विरोध गर्दै उचित क्षतिपूर्तिसहित वैकल्पिक व्यवस्थाको माग गरेको छ भने चाडपर्वको बेलामा हुने महङ्गी र कालोबजारी रोक्न पनि सरोकारवाला निकायले ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
