
Ssbus
Pbu
Rbs
Ratbs
Gsbus
gms
Bksbus5
Ddhbs
Gsl
dsbus
Nssbus7
Csbus
Jsbus
Amb

Sbs
Ksm
Rsb
Wsp
Vor
Bbu
Bbbpu
Tsm
Rgu
Pvg
Ssm
Hal
Asm
Gst
Sls
Rgu
Rgs
nsb
Ggd

Jmb
Pls
Ptm
Abd
Rpp
Jmb
sab
Syp
Bml
bbt
Mks
Gsb
Rmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ लमही रातो डाँडामा संचालनमा रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका १५ घरधुरी अपांग भएका उपभोक्तालाई न्युनतम शुल्क छुट दिने भएको छ ।
संस्थाको मंगलबार बसेको बैठकले लमही खानेपानीले दिदै आएको विद्युत विलमा डिमान्ड शुल्क छुट भएको हुँदा सो को छुट रकम मध्ये केहि रकम यसै संस्थाका अपांग उपभोक्ताहरुलाई यहीँ आउँदो कार्तिक महिनाबाट लागू हुने गरि पानीको न्युनतम शुल्क छुट गर्ने र सो भन्दा माथि आएको अधिकतम शुल्क मात्र लिने निर्णय गरेको हो ।
त्यस्तै संस्थाले लमहीका वेदनिधी धिताल, आदर्श टोलका पुर्णप्रसाद खनाल, रातो डाँडाका केशवराज अधिकारी, बन गाउँका आशाराम चौधरी, बन गाउँका दिल्ली बहादुर डाँगी, अर्नहवाका सन्तोष चौधरी, शान्ति नगरका कृष्ण वि.क, अर्नहवाका पशुपति श्रेष्ठ, अर्नहवाका धनबहादुर कुमाल, बन गाउँका बुद्धि बहादुर वि.क, देउपुरका सुधिया चौधरी, लंगडीका दमयला अधिकारी, खैरीका सनिराम चौधरी, खैरीका गुलिया चौधरी, चैलाहीका टोपबहादुर भुसाल गरि १५ जना अपांग भएका उपभोक्तालाई सो सेवा प्रदान गरिने संस्थाका सचिव सनम कुमार पौडेलले जानकारी दिनु भएको छ ।
