
Dus
Lks
Rgp
Jns
Rgp
Asb
Sgp
lnp
Rgp
Lnp
Ggp
Ggp
Dbs
ksb
Usb
Rgp


दाङ । दंगीशरण गाउँपालिका युवा संजालले आज आईतवार संविधान दिवस मनाएको छ । संजाले आज दंगीशरण ३ हेकुली चौकमा दिप प्रज्वलन गरी संविधान दिवस २०७८ मनाएको हो । कार्यक्रमका प्रमुख अतीथि एंव दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दिप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरेका थिए ।
कार्यक्रममा प्रमुख अतीथी चौधरीले नेपाली जनताको रक्षाका लागी बनाईएको संविधान गणतन्त्रात्मक संविधान बचाई राख्न हरेक बर्ष संविधान दिवस मनाएपनि हरेक जनताले यस संविधानको अनुभुती गर्न पाउँनुपर्ने बताएका छन। कार्यक्रममा ग्रीन फाउण्डेसन अफ नेपाल दंगीशरण गाउँपालिकाका अध्यक्ष तथा समाजसेवी नेता एमंएन शाह, युवा तथा खेलकुद शाखा प्रमुख विनोद अधिकारी, ३ न। प्रदेश युवा संजालका सदस्य पारस खड्का, युवा संघ दंगीशरणका सचिव जेनीश कवँर लगाएतले आ आफनो भनाई राखेका थिए ।
संजालका अध्यक्ष चक्रमिलन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको शहजीकरण संजालका सचिव अंकित आचार्यले गरेका थिए । दिप प्रज्वल कार्यक्रममा स्थानीय नेता, विभिन्न संघसंस्थाका प्रतीनिधि,स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।
यसैविच दंगीशरण गाउँपालिका वडा न। ५ ले फनि संविधान दिवस मनाएको छ । वडाले एक अर्न्तक्रिया कार्यत्रमका बिच दिप प्रज्वलन गरी दिवस मनाएको हो । वडा न। ५ बालापुरमा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतीथी प्रदेश सभा सदस्य सांसद दामा शर्माले नेपाली जनताको वलीदान बाट प्राप्त भएको संविधान गणतन्त्र प्रतीको सम्मानलाई बचाई राख्न जरुरी रहेको बताउँनु भएको छ । दश बर्षको जनयुद्ध बाट पाएको संविधान जनअपेक्षामूखी हुनुपर्ने उनले ठोकुवा गरेका छन ।
वडा अध्यक्ष दिपक गौतमको अध्यक्षता तथा नेपाली कांग्रेस दाङका महाधिवेशन प्रतिनिधि केशवराज आचार्यको विशिष्ट आतीथ्यतामा भएको कार्यक्रमको शहजीकरण वडा सचिव प्रेम प्रकाश चौधरीले गरेका थिए।
