
Ksb
Tgp
Ksb
jsb
Ssb
Rsb
Bsn
Ksb
Csb
Ppu
Fmb
Nsb
Usb
Ssb
Gsb
Rks

Hl1
Usb
Gsb
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । भारतको नयाँदिल्लीमा काम सिकेर ४ बर्ष अगाडी स्वदेश फर्किएका राजपुर गाउँपालिका–४ दुलैयाका राजकुमार बिश्वकर्माले अहिले सिक कबाव बनाउने पेशामा लाग्नुभएको छ । सिक कबावमा जिवन रोज्दै बिश्वकर्माले १२ लाखको लगानीमा मसिन औजार खरिद गरेर दाङ जिल्लामै पहिलो पटक जिल्लाको दुर्गम स्थान मानिने राजपुरको दुलैया स्थित आफ्नै घरमा फेक्ट्री खोल्नु भएको छ ।
भारतको दिल्ली स्थित स्ट्याण्डर्ड सिक कबाव कम्पनिमा १५ बर्ष नोकरी गरें । सबै काम त्यहि सिकेको हुँ । बिगत ४ वर्ष अगाडी स्वदेश फर्कें र त्यहि नामबाटै सिक कबाव बनाउने उद्योग खोलें–उहाँले भन्नु भयो ।
स्वदेश गएर कसरी के काम गरेर परिवार पाल्ने होला भन्ने चिन्तामा छट्पटाएका राजकुमारले दाङ जिल्लाका सबै बजार र छिमेकी जिल्लामा समेत अध्ययन गर्नुभयो ।
कतैपनि सिक कबावको उद्योग संचालनमा आएको नदेखे पछि ४ बर्ष अगाडी २०७४ मा राजपुरको दुलैया स्थित आफ्नै घरमा फेक्ट्री खोलेर ब्यवसाय सुरु गरि प्रचार प्रसारमा लाग्नुभयो ।
देउखुरीको राजपुरमा उद्योग चलाएर कसरी बजार पाउन सकिएला भन्ने चिन्तामा रहेका राजकुमारले अहिले सुर्खेत,धनगढी,बुटवल,नेपालगंज,प्यूठान र दाङका धेरै बजारहरुमा उत्पादन खपत गर्न सफल भएको बताउनुभयो ।
ब्रोइलर कुखुराको मासु मसिनमा पेलेर राजकुमारले सिक कबाव,चिकन सोसेस र सलामी लगायतका सामाग्रीहरु उत्पादन गर्दै आउनु भएको छ । आफूले उत्पादन गर्दै आएका यि चिजहरुको बजार माग बढ्दै आएको र हाल १ महिनामा ८ सय देखी १२ सय किलो सम्म बिक्रीगर्न सफल भएको उहाँले बताउनु भयो ।
सुरुमा १२ लाखको लगनीबाट सुरु गरेको उद्योग अहिले झण्डै २२ लाखको भएको छ । सो उद्योगगको लागि राजपुर गाउँपालिकाले समेत अनुदान रकम सहयोग गरेको उहाँले बताउनु हुन्छ ।राजपुर जस्तो ठाउँमा जिल्लामै नभएको ब्यवसाय सुरु गरेको देखेर ब्यवसाय प्रवर्धनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत ५० हजारको डि–फ्रिज उपलब्ध गराइएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनु भयो । रोजगार प्रबर्धन यो कार्यक्रमको लक्ष्य भएको र यस्ता ब्यवसाय संचालकहरुलाई टेवा पुर्याई युवाहरुलाई स्वदेशमै रोजगारमा प्रोत्साहन गर्न राजकुमारको सिक कबाव उद्योगलाई ५० हजार अनुदान उपलब्ध गराइएको लुम्बिनी प्रदेश मुखयमन्त्री कार्यक्रमका सहजकर्ता गिरिराज भट्टले जानकारी दिनुभयो । राजपुर जस्तो दुर्गम भूगोलमा मालसामानहरु ऋायात गर्ने मात्र हुन्थ्यो,निर्यात गर्ने एउटा उद्योग पनि थिएन ।
अहिले हाम्रो पालीकामा सिक कबाव उद्योग र घरेलु हतियार बनाउने उद्योग छन् । यसले गर्दा राजपुरको गौरब समेत बढाएको छ गाउँपालिका प्रशासन शाखाका प्रमुख महेश थापा ठेंडीले भन्नुभयो । सुरुमा हामीले पत्याएका थिएनौं तर अहिलेको अवस्था हेर्दा अनुकरणीय बनेको छ गाउँपालिकाका सुचना तथा संचार प्रबिधी अधिकृत शरद रेग्मीले भन्नुभयो । होटल र सुपरमार्केटहरुमा खपत हुने सिक कबाव र चिकन सोंसेजको बजार बढ्दो छ । बिदेशमा यो असाध्यै महत्वको मानिन्छ,नेपालमा पनि यसको महत्व दिन प्रतिदिन बढ्दै छ । यसलाई बिस्तार गरि ठूलो बनाउने तयारीमा छु आफ्नै घरमा उद्योग चलाएका बिश्वकर्माले भन्नुभयो ।
उद्योगका लागि ब्रोइलर कुखुरा राख्ने फर्म समेत आफ्नै रहेको उहाँले बताउनुभयो । सिक कबाव उद्योगले सजिलै परिवार पाल्दै आएको र मुनाफाबाट लगानी बढाउदै आधा करोडको उद्योग संचालन गर्ने धोको रहेको उहाँले बताउनु हुन्छ । स्थानीय तथा प्रदेश सरकारहरुले स्थानीय ब्यवसायलाई प्रबर्धन गर्न लगानी सहयोग गर्न सके यस्ता उद्योगहरुले सार्थकता पाउने र भूगोलको समेत पहिचान बनाउने स्थानीय जानकारहरु बताउँछन् ।
