
Ssbus
nsm
ssbus
Gsl
Pbu
tssbus
Sssbus1
Sssbus1
Ssbus
Ssbus

Wsp
Vor
Ksm
Bbu
Bbbpu
Pvg
Rsb
Sbs
Rgu
Ggd
Ssm
Hal
Rgu
Asm
Tsm
Sls
Gst
Rgs
nsb

Gsb
Pls
Jmb
Rpp
Abd
Rmb
bbt
Jmb
Syp
Mks
sab
Bml
Ptm
कपिलवस्तु ।जिल्लाको शिवराज नगरपालिकाका कृषि उत्पादित तरकारी सहज रुपले उपभोक्ताको घरमै पुर्याउनका लागी कृषि एम्बुलेन्स संचालन गरिएको छ ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नंं ५ को निर्देशन अनुसार कृषि तथा पशुपंक्षीजन्य उत्पादनको ढुवानी, आपूर्ति तथा वितरणमा सहजीकरणको लागि कृषि एम्बुलेन्स संचालन गरिएको हो ।
कोभिड—१९ को नियन्त्रणका लागि बाहिरबाट आयातित तरकारी तथा फलफुलको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाईएको अवस्थामा स्थानीयस्तरमा उत्पादित कृषि उपजको सुलभ आपूर्ति तथा वितरणको व्यवस्थापनको लागि कृषि एम्बुलेन्स संचालन गरिएको ऋगबेद कृषि फार्मका संचालक सन्तोष पन्थले बताउनु भयो ।स्थानीय कृषकले उत्पादन गरेको तरकारी पिकअप गाडीमा लोड गरि गाउँ गाउँमा कृषि एम्बुलेन्स मार्फत विक्री वितरण गरीरहेको संचालक पन्थले जानकारी दिनु भयो ।शिवराज नगरपालिका ५ बालापुर मोड निवासी देवि पौडेलले लकडाउनका कारण तरकारी आभव भएको अवस्थामा घरमै सस्तो दरमा तरकारी खरिद गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
त्यस्तै नागरिकलाई जति राम्रो सुबिधा दिए राम्रो भन्दै कृषि एम्बुलेनमा तरकारी खरिद गर्न आएका देविलाल पन्थिले बताउनु भयो । कृषि एम्बुलेन्सले गर्दा किसानहरुलाई पनि राहत भएको पन्थिले बताउनु भयो । प्रदेश ५ कृषि मन्त्रालयले कृषिजन्य उपजको ढुवानी तथा वितरणमा सहजीकरण गर्न १२ वटै जिल्लामा सम्पर्क कार्यालय र सम्पर्क व्यक्ति तोकिएको छ।
सम्पर्क व्यक्तिहरु मार्फत मानिसहरुको हिड्डुललाई कम गर्दै चारपांग्रे सवारीबाट टोलटोलमा उपभोक्ता तथा खुद्रा व्यवसायीसम्म पुर्याउने व्यवस्था गर्ने समेत छ।
