
Amb
Gsl
Ssbus
Ratbs
Bksbus5
Ddhbs
gms
Csbus
dsbus
Jsbus
Pbu
Nssbus7
Gsbus
Rbs

Wsp
Vor
nsb
Sbs
Rgu
Hal
Sls
Rgu
Bbu
Ssm
Bbbpu
Rgs
Pvg
Gst
Rsb
Asm
Ggd
Ksm
Tsm

Jmb
Mks
Pls
Jmb
Syp
Abd
Bml
bbt
Rmb
sab
Gsb
Rpp
Ptm
दाङ । बुधवार स्थानीय सरकार,नेपाल प्रहरी र रेडक्रसकर्मि सहितको स्थानीय बिपद् ब्यवस्थापन समितिहरु बिच भर्चुअल माध्यमबाट बिपद् प्रतिकार्यको अभ्यास गरिएको छ ।
दाङका तिन स्थान बबईको हापुरे,तुलसीपुर स्थित रेडक्रस जिल्ला शाखाको कार्यालय र देउखुरीको गढवा उपशाखा कार्यालयमा भर्चुएल माध्यमबाट सेम्बुलेन्स अभ्यास गरिएको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिनु भयो ।
यस्तै जल तथा मौसम बिज्ञान बिभागले ३ दिनको अबिरल बाढी पश्चात पुर्वानूमान सुचना जारी गर्छ । उक्त सुचनामा जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले ध्यानाकर्षण गर्दै स्थानीय तहका बिपद् ब्यवस्थापन समितिहरुलाई बिपद् प्रतिकार्यमा जुट्न निर्देशन गर्छ । दाङको बबई र राप्ती नदीमा ठूलो बाढी आउँछ । बबईको पंचकुलेमा १० जना ब्यक्तिहरु बढीमा फसेको र देउखुरीको गढवा–७ कान्छिगाँको राप्ती नदीमा ७ जना बाढी प्रभावित र २ जना बच्चाहरु बढीको जोखिमबाट बच्न रुखमा चढेर चिल्लाई रहेको अवस्थामा तत्काल उद्धार गर्न जिल्ला बिपद् ब्यवस्थापन समितिबाट निर्देशन आउँछ ।
त्यस्तै जिल्लाका तिन स्थानमा तत्काल स्थानीय बिपद् ब्यवस्थापन समितिहरुको बैठक बस्छ । बैठकपछि वाढी प्रभावित क्षेत्रहरुमा साइरन बजाएर बाढी आएको सुचना प्रबाह गरिन्छ । खोज तथा उद्धारका लागि रेडक्रसका स्वयंसेवकहरु प्रिचालन गरिन्छ । बाढी प्रभावितहरुलाई तत्काल सुरक्षित स्थानमा लगेर अस्थायि आवासको ब्यवस्था गरिन्छ । यो घटना लगत्तै रेडक्रसद्धारा तालिम प्राप्त म्म्च्त् टिम परिचालन गरि बाढी प्रभावित क्षेत्रमा डाटा संकलन गरि ईरा प्रतिबेदन तयार गरेर खाद्यान्न राहातको ब्यवस्थापन गरिन्छ । घाइतेहरुको स्वास्थ्योपचार, स्वच्छ खानेपानी र सुरक्षित आवासको ब्यवस्थापनमा टोली खटाइन्छ ।
यस्तै स्थानीय बिपद् ब्यवस्थापन समितिको बैठकबाट गरिएका यि सबै गतिविधिहरुको जिल्ला रेडक्रस र जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रमा नियमित सुचना आदान–प्रदान गरिएको हुन्छ । यसरी रेडक्रस प्रहरी र स्थानीय सरकारका प्रतिनिधिहरु रहेको स्थानीय विपद् ब्यवस्थापन समितिले दाङका २ स्थानमा आएको बाढीबाट प्रभावित नागरिकहरुको बिपद् प्रतिकार्य,उद्धार र राहातमा खेल्नुपर्ने महत्वपुर्ण भूमिकाको कर्तब्यबोधको गतिलो सन्देश प्रवाह गरिन्छ । बुधवार दाङका ३ स्थान बबईको हापुरे,तुलसीपुर र देउखुरीको गढवामा यसरी स्थानीय बिपद् ब्यवस्थापन समितिलाई रेडक्रस दाङले सिम्बुलेन्स अभ्यास गराएको थियो ।
त्यस्तै हपुरेमा भएको बैठकमा रेडक्रस इनकोर कार्यक्रमका अधिकृत जगत तामाङ सहितको टिम,तुलसीपुरको जिल्ला शाखामा भएको बैठकमा जिल्ला सभापति नारायण आचार्य लगायतको टिम र देउखुरीको गढवामा भएको कार्यक्रममा जिल्ला शाखाका उपसभापति मदन गौतम, गढवा गाउँपालिका बिपद् फोकलपर्सन श्याम बि.क.,रेडक्रसका देवि प्याकुरेल, चेतन खड्का र मोहन कुमार पाण्डे लगायतको टिम रहेको थियो ।

