
Rgp1
Pes
Sgr
pku
sbs
Djs
Rgp
Unsku
Lnp
cjs
Ggp
Pbu
Srbpu
Gfs

Rgu
Ssm
Pvg
Rgs
Bbu
Sbs
Sls
Ksm
Bbbpu
Ggd
Asm
Gst
Vor
nsb
Wsp
Hal
Rgu
Rsb
Tsm

Jmb
bbt
Rpp
Gsb
Bml
Syp
Rmb
Ptm
Jmb
Abd
Pls
Mks
sab
दाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजनामा आइतवार कोभिड प्रतिकार्यका लागि गढवा गाउँपालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
रेडक्रस दाङले गढवा गाउँपालिकामा संचालन गरिरहेको कोभिड–१९ बिपद् पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत बिगतमा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमहरुका बारेमा जानकारी गराइएको हो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसको उक्त कार्यक्रम मार्फत आइसुलेशन सेण्टर,क्वारेण्टाइन ब्यवस्थापन,मनोसामाजिक परामर्श,स्वास्थ्य संस्थालाई सहयोग,स्वास्थ्य सामाग्रीहरु वितरण,मास्क खोई अभियान,संकटासन्न घरधुर सिर्भेक्षण,खोप अभियानमा सहयोग,बिपद् जोखिम न्यूनिकरण र स्वयंसेवक दल परिचालन तथा कोरोना सचेतनाका बिभिनन कार्यक्रमहरु गरिदै आएको कार्यक्रममा जानकारी गराइएको हो ।
नेपाल रेडक्रस सोसाइटीले गढवा र राजपुर गाउँपालिका क्षेत्रमा स्थानीय सरकारको सहयोगी अंगका रुपमा बिपद् प्रतिकार्यका बिभिन्न गतिविधिहरु संचालन गरेको,जिविकोपार्जन र आयआर्जनका कार्यक्रमहरु गरेको,सुचना संचार र प्रचार प्रसार गरेको तथा बिपद् प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन,दस्तावेजीकरण गरेको र जनशक्तिको परिचालन समेत गरिरहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,वडा अध्यक्ष तुल्सीराम अधिकारी,प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरिराज भट्ट र नागरिक समाजका जया बिश्वकर्मा लगायतले गढवा गाउँपालिका क्षेत्रमा रेडक्रसले गरेका गतिविधिहरु सकारात्मक र प्रभावकारी भएको बताउनु भएको थियो । कार्यक्रमको प्रस्तुतिकरण मोहन कुमार पाण्डेय र देवि प्याकुरेलले गर्नुभएको थियो ।
