
Nssbus7
syysr
Csbus
Ddhbs
Ssbus
Ratbs
Pbu
Jsbus
dsbus
Gsl
Amb
Syees
Gsbus
Rbs
Bksbus5
gms

Ksm
Rgu
Gst
Ssm
Tsm
nsb
Rsb
Wsp
Bbu
Sls
Asm
Ggd
Bbbpu
Hal
Vor
Rgs
Pvg
Sbs
Rgu

Jmb
Pls
Rpp
Ptm
Gsb
bbt
Syp
sab
Abd
Rmb
Bml
Jmb
Mks
दाङ । मिति २०७८ भदौ २ को राप्ती पहिचान डटकम अनलाईनले रमा बुढामगरको बाइलाइनमा प्रकाशन गरेको गढवा गाउँपालिकामा बिकास खर्च भन्दा झण्डै १४ करोड बढी रकम सेवा सुविधामा खर्च शिर्षकको समाचार प्रति गढवा गाउँपालिकाको गंभिर ध्यानाकर्षण भएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बुधवार एक बिज्ञप्ती जारी गरि उक्त समाचारको खण्डन गर्नु भएको छ । सो समाचार गाउँपालिकाको आर्थिक प्रशासन शाखासंग नबुझेर, सत्य–तथ्य र प्रमाण नलिएरै गाउँपालिकाका जनप्रतिनिधीहरु र कर्मचारीको समेत बदनाम गर्ने उद्देश्यले लेखिएको पाइएको गाउँपालिकाले जनाएको छ ।
उक्त समाचारमा पदाधिकारी वा जनप्रतिनिधीको सेवा सुविधा तर्फ ३५ करोड ११ लाख २९ हजार २०२ रुपिया खर्च भएको तथा बिकास र निर्माण तर्फ २१ करोड ४५ लाख ५० हजार ६४ रुपियाँ खर्च भएको उल्लेख गरिएको छ । समाचारमा १३ करोड ६५ लाख ७९ हजार १३८ बढी रकम सेवा सुविधामा खर्च गरिएको र ४ करोड ३८ लाख ५५ हजार ऋण देखाइएको भनी कपोलकल्पित ढंगले नबुझेरै लेखिएको छ । जबकि यो तथ्य भन्दा यस गाउँपालिकाको २०७७÷०७८ को चालु तथा पूँजिगत खर्चमा धेरै भिन्नता छ ।
यस गाउँपालिकाको २०७७÷७८ को चालुतर्फको कुल ३५ करोड ११ लाख २९ हजार २०२ रुपियाँ ७० पैसा खर्च भएको र पूँजिगत तर्फ २१ करोड ४५ लाख ५० हजार ६४ गरि कूल खर्च भएको रकम ५६ करोड ५६ लाख ७९ हजार २६६ रुपियाँ ७० पैसा रहेको लेखा शाखाले जनाएको छ । चालुखर्च अन्तर्गत वडा कार्यालयहरु समेत कर्मचारीको तलबभत्ता, पदाधिकारी सुविधा र प्रशासनिक खर्च समेत गरि ७ करोड ७६ लाख ३७ हजार रहेको छ । जबकि उक्त समाचारमा ३५ करोड ११ लाख भनेर सबै चालुखर्चलाई कोड गरिएको छ । यो सरासर गलत छ ।
त्यस्तै प्राकृतिक प्रकोप आगलागी, बाढी तथा कोभिड विपद् तर्फ ७६ लाख ६० हजार, संघ प्रदेश बाट प्राप्त शसर्तः चालुखर्च तर्फ गापाका बिषयगत शाखा, शिक्षक र स्वास्थ्यका कर्मचारीहरुको तलव तथा सामाजिक सुरक्षा भत्ता गरि १७ करोड २७ लाख ५० हजार ६सय २ रुपियाँ ७० पैसा, प्रदेश सरकारको ससर्त र मुख्यमन्त्री ग्रामिण बिकास तथा प्रधानमन्त्री रोजगार कार्यक्रम र कृषि अनुदान र बिकास तर्फका कार्यक्रमहरुको खर्च १ करोड १५ लाख ४८ हजार, भूमि ब्यवस्थापन कार्यक्रमतर्फ फर्निचर, कम्प्युटर एवं प्रशासनिक खर्च ३ लाख ४८ हजार ६ सय र गाउँपालिकाका बिषयगत शाखाहरु कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा वालवालीका, पशुसेवा लगायत शाखाहरु मार्फत भएका सबै कार्यक्रमहरुको १ करोड २१ लख १५ हजार खर्च भएको र संघ तथा प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान रकम खर्च हुन नसकी ६ करोड ९० लाख ७० हजार समेत चालुखर्चबाटै भएको लेखा शाखाले जानकारी दिएको छ ।
साथै उक्त समाचारमा ४ करोड ३८ लाख ५५ हजार गाउँपालिकाले ऋण लिएको भनिएको छ तर गाउँपालिकाको आयब्यय तर्जुमाको समयमा यस पालिकाले कुनै संघ संस्था, अन्तर स्थानीय तह, प्रदेश तह वा अन्य कुनै पनि निकायबाट ऋण नलिएको समेत बिज्ञप्ती मार्फत जानकारी गराउन चाहान्छौं । जबकि गाउँपालिकाभरका शिक्षक कर्मचारीहरुको मात्र बार्षिक तलब ८ करोडको हाराहारी तथा जेष्ठ नागरिक,एकल महिला, दलित वालवालीका र अपांगता भएका नागरिकहरुको भत्तामा बार्षिक ८ करोड ६३ लाख ८ हजार ५ सय ९५रुपियाँ त शसर्तः र चालु खर्चबाटै खर्च हुन्छ । समाचार लेख्दा लेखा सिद्धान्तको न्यूनतम नियम र मापदण्ड नै नबुझेर कर्मचारी र पदाधिकारीको बदनाम गर्ने नियतले लेखिनु राम्रो होइन । प्रशासनिक खर्च र बिकास खर्च नै पहिचान गर्न नसक्ने उक्त समाचारले भ्रमित गराएको पाइन्छ । यस प्रकारको समाचार लेख्दा सम्बन्धित निकायबाट प्रतिकृया र तथ्य–तथ्यांक नै नलिएर समाचार लेखिएको गाउँपालिकाको ठहर रहेकोले सबैको जानकारीका लागि उक्त समाचारको खण्डन गर्दै यो बिज्ञप्ती जारी गरिएको गाउँपालिकाले जनाएको छ ।
