Sidha Patra आइतबार, भाद्र ०६, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकाका हेमराज गिरी सुकाएको संकास्पद ८ केजी मासु सहित रंगे हात पक्राउ परेका छन् ।

शनिबार एक जना नाबालक बच्चालाई साथमा लिएर
नाकाबाट सुकुटी बोकी जंगलको बाटो भएर आउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङले गिरीलाई रंगे हात राजपुरको माररी खोलाबाट पक्राउ गरेको हो । हाल गिरी र संकास्पद मासुलाई ईलाका प्रहरी कार्यालय गढवामा राखिएको दाङका एसपी सुरेश काफ्लेले बताए ।

यस्तै एसपी काफ्लेका अनुसार हिजो र आज सार्वजनिक विदा भएकोले उक्त संकास्पद मासु वनलाई नबुझाएको र भोलि वन कार्यालय खुलेपछि बुझाएर परिक्षण गरिने बताएका छन् ।

त्यस्तै यता राजपुर गाउँपालिका वडा नम्बर २ निवासी शरद कुमार बुढाथोकीले सो संकास्पद भनिएको मासु १००% जंगली जनावरको सुकुटी भएको बताएका छन् । गिरीलाई राजनीति दबाबबाट बचाउन खोजिएको छ,बुढाथोकीले भने । विगतका वर्षमा पनि गिरीले त्यस गाउँबाट जंगली जनावरको सुकुटी ओसारपसार गरेर अवैधानिक कारोबार गर्ने गरेको भन्दै बुढाथोकीले आरोप लगाएका छन् ।

यस्तै गिरी पटौली नाकामा रहेको बाल बिसौनी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनी सो विद्यालय संचालन कार्यमा राजनीतिको आतमा एकलौटी हैकम जमाउने र त्यस पटौली नाका गाउँ बासीलाई पन्जाको मुनीमा राख्ने कार्य पनि गर्दै आएका छन् भनि बुढाथोकीले गम्भीर आरोप लगाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]