
syysr
Ratbs
Rbs
Gsl
Nssbus7
gms
Gsbus
Ddhbs
Ssbus
Csbus
Syees
Pbu
Jsbus
Amb
Bksbus5
dsbus

Wsp
Rgs
Asm
Sbs
Tsm
Rgu
Ggd
Vor
Rgu
Gst
Sls
Bbbpu
Ssm
Ksm
Hal
nsb
Bbu
Rsb
Pvg

Bml
bbt
sab
Mks
Rpp
Gsb
Jmb
Syp
Abd
Pls
Jmb
Rmb
Ptm
दाङ । नेकपा एमाले दाङ क्षेत्रनं. १ को क्षेत्रीय भेला बुधवार लमहीमा सम्पन्न भएको छ । देउखुरी क्षेत्रका राप्ती,गढवा, लमही,राजपुर र घोराही नगर तथा गाउँपालिका क्षेत्रबाट बाक्लो उपस्थिति रहेको उक्त भेलाले क्षेत्रनं. १ को संयोजक र सचिवको चयन गरेको पार्टीका क्षेत्रनं. १ का इन्चार्ज नारायण डिसी छम्पालिले जानकारी दिनु भयो । त्यस्तै क्षेत्रिय संयोजकमा शिबराज गिरी र सचिवमा मोहन सिंह बुढालाई जिम्मेवारीमा छनोट गरेको नेकपा (एमाले) दाङले जनाएको छ ।
पार्टीका लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं क्षेत्रीय इन्चार्ज नारायण डिसी छम्पालिको अध्यक्षता र केन्द्रिय सदस्य,दाङ जिल्ला इन्चार्ज एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । यस्तै भेलालाई संबोधन गर्दै पार्टीका दाङ इन्चार्ज एवं केन्द्रिय सदस्य चौधरीले पार्टीभित्रकै केहि अराजक तत्वहरुले गद्दारी गरेर काँग्रेसलाई सत्ता सुम्पेको भन्दै आपत्ति जनाउनुभयो । एमालेलाई असहयोग गर्ने पार्टि भित्रका गलत तत्वहरु नयाँ पार्टी बनाएर अगाडी जान थालेको र उनिहरु कुनै पनि हालतमा एमालेमा नरहने बताउनुभयो । एमाले एक ढिक्का भएर अगाडी बढ्ने छ,अलमलमा परेकाहरु पनि पार्टीमा फर्किने छन्–उहाँले भन्नुभयो ।
त्यस्तै वर्तमान गठबन्धन सरकारले भूमि आयोगको बिघटन गरेर हजारौ लाखौं सुकुम्बासीहरुको जग्गा पाउने अधिकारमाथी कुठाराघात गरेको तर पछिल्लो चरणमा अदालतले न्याय गरेको उहाँको भनाई थियो । तत्काल आयोगको पुर्नस्थापना गरि भूमि आयोगका गतिविधी अगाडी बढाउन उहाँले वर्तमा सरकारसंग माग गर्नुभयो ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु कुलबहादुर केसी,सहजराम यादव,किरण केसी,बेदनिधी धिताल,धुपनारायण चौधरी, पार्टीका गढवा अध्यक्ष बाबुराम अधिकारी,राप्तीका सचिव टोपबहादुर झाँक्री,राजपुरका इन्चार्ज हेमकुमार जिसी,लमहीका अध्यक्ष डडिराम चौधरी,अनेमसंघका शुसिला शर्मा,युवासंघ नेपालका क्षेत्रिय इन्चार्ज अजय पुन र मुस्लीम नेता अब्जर अली लगायतले नेकपा एमालेलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउनु भएको छ । कार्यक्रमको संचालन प्रदेश कमिटी सदस्य भानु जोशीले गर्नुभएको थियो ।


