सागर थापा आइतबार, साउन ३१, २०७८

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा संचारकर्मी संगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता दिने बताए । यसको साथै जिल्लामा बिभिन्न अपराध गरि अदालतले सजाय तोकिएका फरार अपराधीहरु पनि लिष्टमा रहेको बताए । यस अघि लामो समय प्रहरी प्रधान कार्यालय काठमाडौंमा काम गरेको अनुभव रहेको बताए ।

त्यस्तै अवैध कारोबार र जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको एसपी काफ्लेले बताए । दाङको बसाईमा गर्नु पर्ने कामको कार्ययोजना नै बनाएर आएको बताए । “ऐन नियमको परिधिभित्र रहि प्रहरी मूख्यालयले तोकेको कार्ययोजना अनुसार काम गर्नेछु । काफ्लेले भने । यसका साथै कार्यालयमा सेवाग्रहीहरु एक्लै आएर पनि सेवा लिन सक्ने वातावरण तयार गर्ने उनले बताए ।

प्रहरी कहाँ आउने पिडित कुनै बिचौलियाको भर नपरी आफ्नो पिडा प्रहरीलाई निर्धक्क राख्न सक्ने वातावरण बनाउने र प्रहरी मेरो साथी भएको महशुश गराउने गरि काम गर्ने एसपी काफ्लेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]