
Jsbus
Pbu
Ssbus
gms
Amb
Rbs
dsbus
Ddhbs
Nssbus7
Bksbus5
Gsl
Gsbus
Csbus
Ratbs

Pvg
Vor
Rgs
Asm
Rgu
Rgu
nsb
Hal
Bbu
Gst
Ksm
Ggd
Ssm
Sls
Sbs
Rsb
Bbbpu
Tsm
Wsp

Ptm
Jmb
Rmb
sab
Rpp
Pls
Mks
Syp
Jmb
Gsb
Abd
bbt
Bml
दाङ । राजपुर गाउँपालिकाको सिक्टा काँग्रेस मय बनेको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टाका ५४ जना स्थानिय विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रबेश गरेपछि सिक्टा र गल्चु राँताकास काँग्रेस मय बनेको हो । विभिन्न आश्वासन मात्र बाँड्ने र काम गर्न नसक्ने अन्य पार्टी छोडेर काँग्रेसमा प्रबेश गरेको घनस्याम कुमालले बताए । ‘आश्वासन मात्र बाड्ने तर सिन्को नभाँच्ने, हामीलाई बलिको बोका बनाईयो कुमालले भने-यस्ता पार्टी बहिस्कार गरौँ ।’
उनिहरु मध्य केही स्थानियलाई नेकपाको दुई तिहाई सरकार गठन भएपश्चात विभिन्न प्रलोभनमा पारी पार्टी प्रबेश गराईएको थियो । तर पछिल्ला गतिबिधी बुझ्दै जाँदा आश्वासन मात्र बाड्ने तर सिन्को नभाँच्ने भन्दै उनिहरु सहित ५४ जना काँग्रेसमा प्रबेश गरेका हुन् ।
त्यस्तै नब प्रबेशीहरुलाई काँग्रेस नेता तथा महासमिति सदस्य जानकिलाल बस्नेतले फुल माला अबिरले भब्य स्वागत गरेका हुन । फराकिलो काँग्रेस पार्टीमा सबै अट्नुका साथै प्रत्यकको स्थायित्व कायम हुने बस्नेतले बताए ।
नब प्रबेशी मध्य घनस्याम कुमाल र निम प्रकाश बिश्वकर्मा नेकपा एमालेका बलिया खम्बाका रुपमा परिचित थिए भने गोपिराम कुमाल माओबादी केन्द्रबाट स्थानिय स्तरमा मजबुती माहोल बनाएका थिए ।
वडा सभापती भिम बहादुर खड्काको सभापतित्व तथा काँग्रेस नेता जानकिलाल बस्नेतको प्रमुख आतिथ्य एबम् नेपाली काँग्रेस राजपुर गाउँपालिका सभापती शरद कुमार बुढाथोकीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकराज केसी, सह-सभापती मन्जित खड्का लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल महिला संघ राजपुर सभापति रिता बि. क., पुर्व जिल्ला कमिटी सदस्य राम कुबेर यादव, तरुण दल राजपुर गाउँपालिका अध्यक्ष गोत बहादुर चौधरी लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन लालबिर खड्काले गरेका हुन ।
