
Amb
gms
Bksbus5
Rbs
Gsl
Csbus
Ddhbs
Jsbus
Gsbus
Pbu
dsbus
Ssbus
Nssbus7
Ratbs

Ssm
Bbbpu
Sls
Asm
Ksm
Wsp
Rgu
Tsm
Ggd
Vor
Rgs
Rsb
Rgu
nsb
Sbs
Bbu
Hal
Pvg
Gst

Pls
Rmb
Jmb
Ptm
Jmb
bbt
Gsb
Abd
sab
Bml
Rpp
Syp
Mks
रुपन्देही। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलको नेतृत्वको सरकारमा सहभागी पाण्डेयले मंगलबार राजीनामा दिएका हुन। सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेर जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको मन्त्री पाण्डेयको भनाइ छ ।
त्यस्तै उनि पहिलो पटक वैशाख ६ गते र दोस्रो पटक वैशाख १९ गते मन्त्रीमा नियुक्त भएका थिए । गत वैशाख ६ गते जसपाबाट मन्त्री बन्नुभएका पाण्डेलगायत सरकारमा सहभागी जनता समाजवादीका विजय यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
यस्तै पार्टीले कारबाही गरेपछि प्रदेससभा सचिवालयले सांसद पदबाट मुक्त गरिसकेको छ । जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेशसभामा जसपाका ६ सांसद थिए । पार्टीले तीन जनालाई कारबाही गरेपछि अब तीन सांसद कायम रहेका छन् ।
यसैबीच मुख्यमन्त्री पोख्रेल विरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । मुख्यमन्त्री शंकर पोख्रेल विरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन आज दिउँसो १ बजे बस्दैछ ।
