
Nssbus7
Amb
Bksbus5
Ssbus
dsbus
Gsbus
gms
Rbs
Gsl
Pbu
Ratbs
Ddhbs
Csbus
Jsbus

Ksm
nsb
Wsp
Tsm
Vor
Bbbpu
Rgu
Sls
Rsb
Ssm
Bbu
Hal
Ggd
Asm
Pvg
Rgu
Rgs
Sbs
Gst

Bml
sab
Jmb
Ptm
Gsb
Mks
Rpp
Syp
Jmb
Abd
Rmb
bbt
Pls
दाङ । नेपाल भूमीहिन सुकुम्बासी संगठन गढवाले आइतवार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै गढवा बजारमा प्रदर्शन गरेको बताएका छन् ।
प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै गढवा गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई जग्गाको मालिक बन्नबाट बञ्चीत गरेको बताउनु भयो ।
भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन ओली सरकारले देशका सबै स्थानीय तहहरुमा गृहकार्य अन्तिम चरणमा पुरयाउन थालेको अवस्थामा आयोग नै बिघटन गर्नु निन्दनिय कार्य भएको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष एवं दाङ जिल्ला सदस्य बाबुराम अधिकारीले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भोरीसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु ऋायोगको खारेजीसंगै एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाल भूमीहिन सुकुम्बासी संगठनका साबित्रा चौधरीले भूमिहिन सुकुम्बासीहरु कहिले सम्म राजनितिक दलका भरेङ भएर बस्ने भन्दै वर्तमान सरकारसंग भूमी आयोग तत्काल पुर्नस्थापना गर्न माग गर्नुभयो ।
जुन सरकारले भूमिहिन सुकुम्बासीको पक्षमा काम गर्छ त्याही सरकार नै जनताको सरकार हो भन्दै वर्तमा गठबन्धन सरकारले गरेको यो काम नालायक भएको बताउनुभयो । कार्यक्रममा भूमि अधिकारकर्मि सिता चौधरीले ओली सरकारले भूमिहिन सुकुम्बासी र मुक्त कमैयाको पक्षमा काम गरेको भन्दै भूमी आयोग तत्काल ब्यूताउन आफूहरु देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिनुभयो । गढवा बजारमा प्रदर्शन पछि भएको कोणसभाको कार्यक्रमलाई एमाले दाङका सदस्य सिता चौधरीले संचालन गर्नुभएको थियो ।
