
Rbs
Gsl
Csbus
Jsbus
Bksbus5
Pbu
Ddhbs
Nssbus7
Gsbus
gms
Ratbs
Amb
dsbus
Ssbus

Vor
Bbbpu
Rgu
nsb
Ggd
Hal
Sls
Rgs
Tsm
Pvg
Ksm
Rsb
Gst
Sbs
Asm
Rgu
Ssm
Bbu
Wsp

Abd
bbt
Rpp
Gsb
Jmb
Pls
sab
Syp
Ptm
Bml
Jmb
Mks
Rmb
दाङ । मुक्त कमैया सामाज दाङ अन्तर्गत राप्ती गाउँपालिका संगठनको आयोजनामा आइतवार वर्तमान गठबन्धन सरकारले भूमी आयोग खारेजी गरेको बिरुद्धमा बिरोध प्रदर्शन भएको छ ।
संसदबाट कानून बनाएर पुर्व प्रधानमन्त्री ओली सरकारले गठन गरेको भूमी आयोग वर्तमान सरकारले खारेज गरेकोमा आपत्ति प्रकट गर्दै भूमिहीन सुकुम्बासीहरुले आयोगको पुर्नस्थापनाको माग गर्दै भालुवाङ बजारमा प्रदर्शन गरेको मुक्त कमैया समाज दाङका अध्यक्ष हरि चन्द्र चौधरीले जानकारी दिनु भयो ।
प्रदर्शन पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधी सभाका सांसद तथा नेकपा एमालेका नेता गंगा चौधरीले गठबन्धन सरकारले भूमी आयोगको खारेजी गरेर हजारौ लाखौं सुकुम्बासीहरुलाई आगो बनाएको बताउनु भयो ।
भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिन ओली सरकारले देशका सबै स्थानीय तहहरुमा गृहकार्य अन्तिम चरणमा पुरयाउन थालेको अवस्थामा आयोग नै कोल्याप्स पार्नु निन्दनिय कार्य भएको उहाँले बताउनु भयो ।
भालुबाङका बिल्डीङहरु अधिकांश जंगल एरियामा बनेका तर भूमिहिन सुकुम्वासीहरुको आन्दोलनमा ऐक्यबद्धता समेत जनाउन नचाहाने भालुवाङ वासीलाई कटाक्ष गर्दै सांसद चौधरीले घर–घरमा हामीले लालपुर्जा ल्याएर दिने कि आन्दोलन गरेर जग्गाको स्वामित्व लिने प्रश्न गर्नु भयो । सांसद चौधरीले भूमिहिन सुकुम्वासी र अब्यवस्थीत बसोवासीका नाममा फाराम भोरीसकेका भूमिहीन मुक्त कमैया तथा सबै सुकुम्बासीहरु एकजुट भएर आन्दोलनमा लाग्नुपर्ने बताउनु भयो । राम्रो कामको खुलेर समर्थन गर्न सक्नुपर्ने सांसद चौधरीले भालुवाङबासीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले लगत इण्ट्रि गरेर भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा दिने अन्तिम तयारी भएको अवस्थामा गठबन्धन सरकारले भूमी आयोग नै बिघटन गर्नु दुःखद भएको भन्दै भूमि आयोग तत्काल पुर्नस्थापनाको माग गर्नु भयो ।
कार्यक्रमलाई संबोधन गर्दै मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले भूमिहिन सुकुम्बासीहरु क्हिले सम्म राजनितिक दलका भरेङ भएर बस्ने भन्दै वर्तमान सरकारसंग भूमी आयोग तत्काल पुर्नस्थापना गर्न माग गर्नु भयो ।
जुन सरकारले भूमिहिन सुकुम्बासीको पक्षमा काम गर्छ त्याही सरकार नै जनताको सरकार हो भन्दै वर्तमा गठबन्धन सरकारले गरेको यो काम नालायक भएको बताउनुभयो ।
कार्यक्रममा मुक्त कमैया समाजका जिल्ला कोषाध्यक्ष कमलापति चौधरी ओली सरकारले भूमिहिन सुकुम्बासी र मुक्त कमैयाको पक्षमा काम गरेको भन्दै भूमी आयोग तत्काल ब्यूताउन आफूहरु देशब्यापी आन्दोलनमा लाग्ने चेतावनी दिनु भयो ।
भालुवाङ बजार परिक्रमा पछि भएको कोणसभाको कार्यक्रमलाई एमाले राप्ती गाउँपालिकाका सचिव टोप बहादुर झाँक्रीले संचालन गर्नुभएको थियो ।
भोली सोमवार देउखुरीको लमही र गढवामा बिरोध प्रदर्शन गरिने भूमी अधिकार मञ्च र मुक्त कमैया समाज दाङले जनाएको छ ।
