Sidha Patra सोमबार, साउन १८, २०७८

दाङ । टेङ्नैया बाबा धामको विकासको लागी लुम्बिनी प्रदेश सरकारले पर्यटन डिजिभन कार्यालय बाँकेबाट गत आर्थिक बर्षमा पर्यटन तथा पूर्वाधार निर्माण तर्फ १९ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी जम्मा २२ लाख ८० हजार रुपैयाँको लागतमा गुफाको संरक्षण, खोलामा तटबन्ध, खोला माथी गणेश भगवानको मन्दिर स्थापना गरिएको छ ।यसैगरी शिव भगवान र गणेश भगवानको मुर्ती स्थापना गरिएको छ । अहिले टेङ्नैया बाबा धाममा पर्यटकहरुको आकर्षण बढ्दो छ । हेर्न लायक क्षेत्र भएपछी भक्तजनको उपस्थिती बढेको टेङ्नैया बाबा धार्मिक विकास क्षेत्रका अध्यक्ष डिल्लीबहादुर खड्काले जानकारी दिनुभयो ।सोमवार लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्मा, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका बेल्वासेले टेङ्नैया बाबा धाममा स्थापना गरिएको शिव र गणेश भगवानको मुर्तीको प्रणा प्रतिष्ठा गर्नु भएको छ । भक्तजनहरुको उपस्थितीमा मुर्तीको प्राण प्रतिष्ठा गरिएको हो ।‘यो धाम धार्मिक पर्यटकीय गन्तब्य बनेको छ । भक्तजनहरुलाई आउन जान र यहाँको महत्वको बारेमा सबै माझ पु¥याउन जरुरी छ’शर्माले भन्नुभयो–‘पर्यटन संग जोडेर अन्य जिल्लाका भक्तजनहरुलाई पनि यहाँको भ्रमण गराउनेगरी योजना बनाउन आवश्यक छ ।’नगर प्रमुख कुलबहादुर केसीले धारपानीको पाण्डवेश्वर मन्दिरसंग टेङ्नैया बाबा धामलाई जोड्न पहल गरिने बताउनु भयो । प्राण प्रतिष्ठा कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरी, कार्यपालिका सदस्य राधा केसी, नारायणी खड्का, वडा सदस्य देवा परियार, सुनमाली विक, राजकुमार चौधरी, गणेश चौधरी लगायतको सहभागीता रहेको थियो । मा.सांसद रेवतीरमण शर्मा सचिवालयबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]