टेकबहादुर पुन बुधबार, आषाढ २३, २०७८

दाङ । देउखुरीको सिसहनिया महादेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको किनारा भत्किएको छ । राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महादेवा जोड्ने पुलको किनारा भत्किएको हो ।

पुल क्रस गरे लगत्तै ग्राभेलले भरान गरि पिच गरिएको आधा सडकपनि भत्किदा आवात जावतमा खतरा बढेको छ । बुधबार बिहान अबिरल बर्षाका कारण दक्षिण चुरेबाट बगेर आउने खहरे खोलाले कटान गर्दै पिच समेत भत्काएको हो । बिहान करिब ९/१० बजेको समयमा पुलको किनारा भत्किएको स्थानिय राधेस्याम चौधरीले बताए । जसले गर्दा पुललाई नै असर पर्ने देखिएको छ ।

त्यस्तै किनारा जोगाउन गरिएको तट्बन्धलाई समेत भत्काउँदै सडक समेत भाँसिएको छ । पुलको दक्षिणी भेगको पुर्ब साईड पट्टी २५ मिटर लम्बाई र साढे ७ मिटर चौडा सडक भाँसिएको छ । अबिरल वर्षा सँगै राप्तीको बहाब बढेर पुलको दझिणी भेगबाट राप्ती बग्ने खतरा पनि देखिएको छ ।
करिब ६ महिना अघि मात्र निर्माण सम्पन्न भएको राप्ती पुलको किनारा भत्किदा अहिले एकतर्फी सडक सञ्चालनमा छ ।

अबिरल वर्षा नरोकिए आवात जावत ठप्प समेत हुन सक्ने देखिएको छ । केही महिना अघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुलको बिधिवत उद्घाटन गरेका थिए । उद्घाटन पश्चात् चित्त नबुझ्दो भएको ठहर गर्दै स्थानियले शिलालेख समेत तोडफोड भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]