
Gsbg-3
Usbl-7
Jsbg-7
Gsbr-6
Msbg-2
Jsbr-3
Pbu
Rksr-7
Csbg-7
ksbl-7


दाङ । किर्ते नागरिकता बनाएको आरोपमा पक्राउ परेका वडाअध्यक्ष सहित तीन जना तारिखमा छुटेका छन् । किर्ते नागरिकता बनाएको आरोपमा दाङको राजपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भिमबहादुर खड्कालाई पक्राउ गरिएको थियो ।
आईतबार अपरान्ह वडाध्यक्षसहित सोही वडाका भिमबहादुर कामी र उनकी छोरी शुसिला विकलाई पक्राउ गरिएको थियो उनीहरु तीनै जना सोमबार तारिखमा छुटेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए ।
कुरुङवाङका अनुसार कीर्ते गरी बनाएको नागरिकता खारेज गरिएको छ । दोषीहरुलाई जरीमाना, कैद सजाय वा दुबै पनि हुन सक्ने कुरुङवाङले बताए । अबको नौ, दश दिनमा यस बिषयको टुङ्गो लाग्ने उनको भनाई छ । साभार तुलसीपुर अनलाइन
