
Ggp
Pbu
Usb
Ggp
Lks
Jns
Lnp
ksb
Rgp
lnp
Rgp
Rgp
Dus
Sgp
Dbs
Asb
Rgp


दाङ । भर्खरै सरुवा भएर दाङ आएका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले विकाश, समृद्धी र सुशासनका लागि आफु प्रतिवद्ध रहेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले जिल्लाको समग्र विकासको नेतृत्व गर्ने पनि बताए ।
स्वागत कार्यक्रममा बोल्दै उनले राजनितिक संस्थाहरुले योजना तथा बजेट ल्याउने तथा त्यसलाई कार्यान्वयन गर्न आफुले अर्थपुर्ण भुमिका निर्वाह गर्ने बताए । आफु प्रशासक मात्र नभएर राष्ट्रसेवक पनि भएको बताउंदै उनले जिल्लाको समग्र विकास निर्माणको नेतृत्व गर्ने बताएका हुन् । ‘पत्रेखोलामा समस्यै थिएन, तर कसले काम गर्ने भन्नेमा मात्र समस्या थियो, त्यसमा समन्वयकारी भुमिकाको अभावले नागरीकले दुःख पाउनु पर्ने अवस्था आयो’, तर समन्वय भएपछि त समाधान भयो नी’, प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने ।’
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्लेले आफुले नागरीकको सुरक्षासंगै व्यवसायीक सुरक्षाका सवालमा गम्भीर भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हामी सुन्य टोलरेन्स र फ्रि अफ कष्टमा जनतालाई सेवा दिन चाहन्छौं’, प्रहरी प्रमुख काफ्लेले भने, अपराध न्युनिकरणका लागी तपाईको सुचना महत्वपुर्ण हुने छ । उनले सुचना दिने जुनसुकै नागरीकको नाम प्रहरीले गोप्य राख्नेमा पनि विश्वस्त हुन आग्रह गरे ।
आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले प्रमुख जिल्ला अधिकारीलाई प्रशासकको मात्र नभएर उपभोक्ताको समेत भएको बताउंदै यहांको समग्र विकासका सवालमा काम गर्न आग्रह गरेका थिए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार अनुप कुमार श्रेष्ठले पछिल्लो समयमा दाङ जिल्लामा गैरआवासिय मुस्लीम समुदायको उपस्थीति बढिरहेको तर्फ सुरक्षा निकायको ध्यानाकषर्ण गराउंदै त्यसमा गम्भीर हुन आग्रह गरेका थिए ।
सो कार्यक्रममा विषय प्रवेश गराउंदै तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विमल रिजालले तुलसीपुर क्षेत्रको समग्र सुरक्षामा विशेष ध्यान दिएर यहांको व्यवसायीक सुरक्षामा गम्भीर हुन आग्रह गरे । कार्यक्रममा सल्लाहकार मिनराज वली र रासस प्रमुख नारायणी रजौरे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।साभार तुलसीपुर अनलाइन
