
Bsn
Csb
Ssb
Tgp
Nsb
Fmb
Rsb
Ppu
Usb
Ksb
Ksb
Rks
Gsb
Ksb
jsb
Ssb

Usb
Gsb
Ssb
Tsb
Hl1

Rgu
ptl
Nps
दाङ । लमही नगरपालिका वडा नम्बर ७ अन्तरगतका दलित तथा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ती बितरण गरिएको छ ।
पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न वडा नम्बर ७ का ५८ जना विद्यार्थी हरुलाई कापी, कलम र झोला बितरण गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । अति बिपन्न बर्गका लागि शैक्षिक सामाग्री खरिद गर्न हम्य हम्य पर्ने स्थितिलाई मनन् गर्दै बिद्यार्थीको हौसला बढाउन कापि, कलम र झोला बितरण गरिएको वडाध्यक्ष गिरीको भनाई छ ।
बिकाश निर्माण मात्र नभएर शिक्षा क्षत्रलाई पनि माथी उकास्न वडा कार्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
त्यस्तै अति बिपन्न भएकै कारण कोही बालबालिका पनि शिक्षादेखी बञ्चित हुन नपरोस भन्दै वडा स्तरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । वडा कार्यालयले १ लाख रुपैया खर्च गरेर प्रति विद्यार्थी १ दर्जन कापी, १ दर्जन कलम र एक ओटा झोला बितरण गरिएको वडा सचिब शेर बहादुर चौधरीले जानकारी दिए । अर्जुन आधारभुत बिद्यालय हसनापुरका ५८ जना अति बिपन्न,दलित तथा जेहेन्दार विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।
वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राधा केसी, सुनमाली बिक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरी, बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने लगायतका बक्ताले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए ।
