टेकबहादुर पुन आइतबार, आषाढ २०, २०७८

दाङ । लमही नगरपालिका वडा नम्बर ७ अन्तरगतका दलित तथा अति बिपन्न बर्गका बिद्यार्थीहरुलाई छात्रबृत्ती बितरण गरिएको छ ।

पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न वडा नम्बर ७ का ५८ जना विद्यार्थी हरुलाई कापी, कलम र झोला बितरण गरिएको वडाध्यक्ष मोहन गिरीले बताए । अति बिपन्न बर्गका लागि शैक्षिक सामाग्री खरिद गर्न हम्य हम्य पर्ने स्थितिलाई मनन् गर्दै बिद्यार्थीको हौसला बढाउन कापि, कलम र झोला बितरण गरिएको वडाध्यक्ष गिरीको भनाई छ ।बिकाश निर्माण मात्र नभएर शिक्षा क्षत्रलाई पनि माथी उकास्न वडा कार्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरु गर्दै आईरहेको छ ।

त्यस्तै अति बिपन्न भएकै कारण कोही बालबालिका पनि शिक्षादेखी बञ्चित हुन नपरोस भन्दै वडा स्तरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो । वडा कार्यालयले १ लाख रुपैया खर्च गरेर प्रति विद्यार्थी १ दर्जन कापी, १ दर्जन कलम र एक ओटा झोला बितरण गरिएको वडा सचिब शेर बहादुर चौधरीले जानकारी दिए । अर्जुन आधारभुत बिद्यालय हसनापुरका ५८ जना अति बिपन्न,दलित तथा जेहेन्दार विद्यार्थी हरुलाई शैक्षिक सामाग्री बितरण गरिएको हो ।वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य राधा केसी, सुनमाली बिक, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेमलाल चौधरी, बिद्यालयका प्रधानाध्यापक महेश न्यौपाने लगायतका बक्ताले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण वडा सचिब शेर बहादुर चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]