
Gst
Gmssl
Sebsg
Pbu
gst
Unsku
Gipsg
Gipsg
Gsg

Asm
nsb
Ksm
Sls
Sbs
Hal
Rgu
Gst
Rsb
Bbu
Vor
Bbbpu
Ggd
Wsp
Rgu
Ssm
Pvg
Rgs
Tsm

Gsb
Ptm
Bml
Abd
Jmb
bbt
Rmb
Pls
Rpp
Jmb
sab
Mks
Syp
काठमाडौं । यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने भएको छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा राेपाइँं महोत्सवका रुपमा मनाउने गरिन्छ ।
कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष पनि अघिल्लो वर्ष जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर साङ्केतिक रुपमा दिवस मनाउने निर्णय भएको कृषि विभागले जनाएको छ । विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।
त्यस्तै दिवस मनाउनका लागि दूरी कायम गरी थोरैको समूहमा रोपाइँ गर्ने र कार्यस्थलमा उपयोग भएका सामग्री निसङ्क्रमण गर्ने लगायत मापदण्ड तोकिएको कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले बताए । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ भोलि १८ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । मनसुन सक्रिय भएसँगै यसपालि बेलैमा धान राेपाइँं सुरु भएको छ । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । गएकाे वर्ष ९६ प्रतिशत राेपाइँ भएको थियो ।
यस्तै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसपालि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसपालि धान खेतीलाई मौसमले साथ दिएकाले समयमा राेपाइँँ हुने र उत्पादन पनि बढ्ने बताएको छ । मौसम र मल दुवैले साथ दिएको तथा छिटो राेपाइँँले कृषि उत्पादन चक्र सुध्रिने कृषि सचिव योगेन्द्र कार्कीको भनाइ छ ।
