
Bksbus5
Pbu
Amb
dsbus
Ddhbs
Jsbus
Gsbus
Ratbs
Csbus
Rbs
Ssbus
Nssbus7
gms
Gsl

Hal
Bbbpu
Sbs
Tsm
Rgu
Rsb
Ksm
Ssm
Bbu
Asm
Rgu
Gst
Rgs
Sls
Ggd
nsb
Wsp
Vor
Pvg

Gsb
Pls
sab
Abd
Jmb
Bml
Rmb
Rpp
Jmb
Syp
Ptm
bbt
Mks
दाङ ।“कृषि पशुपन्छी वन पैदावार, भरपुर समृद्ध र सुन्दर राजपुर“ भन्ने मुल नाराका साथ नवौं गाउँसभा सुरु गरेको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गर्ने छ ।
कुल ५१ करोड ८५ लाख बढीको बजेट बिनियोजन पनि यसै सभाले गर्ने छ । त्यसका लागि असार २२ र २३ गते बृहतरुपमा छलफल गरेर सम्पन्न गर्ने योजना रहेको भन्ने विभिन्न स्रोतबाट आईरहेको छ । केन्द्र सरकार झै स्थानीय सरकारले पनि हरेक बर्ष आफ्नो नीति तथा कार्यक्रमकमा साथ बजेट बिनियोजन गर्दै आएका हुन । सम्भबत स्थानीय सरकार बने देखिको यो बर्षको बजेट बिनियोजन अहिलेको सरकारको लागि अन्तिम रहने देखिन्छ किनकि अर्काे बर्षको बजेट बिनियोजन नयाँ आउने सरकारले गर्ने छ । त्यसकारण पनि यो बर्षको बजेट सबैको चासोको विषय बनेको हो ।
त्यस्तै साबिकको बेला र राजपुर गाविस मिलेर बनेको राजपुर गाउँपालिका दाङ जिल्लाकै तुलनात्मक रुपमा पछि परेको स्थानीय तहमा गणना हुन्छ । अहिलेको बजेटमा स्थानीय सरकारले गरेको एक बर्षको नीति नियम मात्र होईन अहिलेसम्म गरेको सम्पुर्ण नीति नियमको उपलब्धिको समीक्षा गर्न जरुरी छ । सबै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रमको भरपुररुपमा प्रचार प्रसारमा कुनै पनि कमी राख्दैनन तर त्यस कार्यक्रमले दिएका उपलब्धिको बारेमा भने कोही पनि बोल्न चाहादैनन कारण कार्यक्रम अनुसारको काम कहिले पनि भएको छैन र अब पनि होला भन्ने आशा गर्न सकिँदैन बिगत हेर्नेहो भने । आर्थिक बर्ष २०७८/०७९ को बजेट ५१ करोड ८५ लाख बढी रहनेछ भने यस मध्य मुख्य त सामाजिक बिकास तर्फ १८ करोड ६६ लाख , पुर्वाधार विकासतर्फ १२ करोड ९७ लाख , संस्थागत सेवा प्रवाहतर्फ ९ करोड ७० लाख ,आर्थिक विकास तर्फ ३ करोड ९० लाख , वातावरण तथा विपद व्यवस्थापनतर्फ १ करोड ८५ लाख बढि बिनियोजन गर्ने गरि गाउँसभाले टुङ्गो लगाउने छ ।
कार्यक्रम ÷ परियोजना अनुसारको बजेट बिनियोजन अझै टुङ्गो लागि नसकेको भएर आशा गरौं आउँदो असार २३ गतेका दिनसम्म यस राजपुर गाउँपालिकाले जनताका जीवन उकास्नकालागि फलदायक हुने उत्कृष्ट परियोजनामा बजेट बिनियोजन गर्ने छ । हरेक बर्ष बजेट बिनियोजन हुन्छ नीति तथा कार्यक्रम बन्छन तर ती कार्यक्रमले सामान्य जनताको जीवनयापन र आर्थिक स्थितिलाई उकास्न कत्तीको मद्दत गरेको छ भन्नेकुरा मुख्य हो । कोरोनाको महामारीबाट अझैपनि हामीहरु गुज्रीरहेका छौँ । आशा गरौं राजपुुर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नै सबैभन्दा धेरै बजेट बिनियोजन गर्ने छ । हरेक वडामा स्वास्थ चौकी स्थापना गरि सेवा दिने भन्ने नीति तथा कार्यक्रम पहिले देखिकै भएपनि सेवा दिने काम अहिलेसम्म पुर्णरूपमा सफल भएको पाइदैन । यो बर्षको बजेटमा समेटि नागरिकलाई पुर्णरुपमा सेवा प्रदान गरिनेछ र यसले पुर्णता पाउने छ भन्ने आशा गरौं । अर्काे स्वास्थ क्षेत्रकै समस्या भनेको हरेक बर्ष औसत २ जना बिषालु सर्पको टोकाईका कारण मृत्यु हुने हो, यो समस्या समाधना गर्न यो बर्षको बजेटमा समेटिईने छ भन्ने आशा गरौं ।
समयसमयमा आउने झाडापखालाको महामारी, ईन्सीफलाईटिस,मलेरिया जस्ता रोगको साबधानी र उपचार , बालबालिकामा देखिने कुपोषणको निर्मुलता, एम.बि.बि.एस. डाक्टरबाट पालिकाका सबै इकाईबाट बिरामिहरुलाई चेकजाँच गराउने जस्ता कुराहरुमा अहिलेसम्म गाउँपालिका चुक्दै आईरहेको देखिन्छ । यी लगायतका स्वास्थ्य सम्बन्धी समस्याको दिर्घकालीन समाधानको लागि उचित बजेट बिनियोजन हुनेछ भन्ने आशा गरौं । स्वास्थ्य पछि आवश्यक शिक्षा हो र शिक्षामा भौतिक पुर्वाधारको बिकास , माध्यामिक तहको उत्कृष्ट बिद्यालयको निर्माण , सबै बर्गका मानिसको शिक्षामा पहुँच , प्राविधिक शिक्षालयको आवश्यकता जस्ता कुरामा अहिलेसम्म गाउँपालिकाले बजेट बिनियोजन गरेको जस्तो देखिएपनि सुधार भने रत्तीभर भएको देखिदैन । शिक्षाको अवस्थाकोबारेमा पालिकाबासिहरुलाई प्रष्ट पार्न सकेको देखिदैन अझैपनि दुरदराजका बासीन्दाहरु शिक्षाबाट बन्चित छन ।
त्यस्तै हरेक बर्ष भौतिक पुर्वाधार बिकासमा नै बढी बजेट खर्च गरिन्छ र यो बर्ष पनि त्यही नै होला जस्तो देखिन्छ । पुर्वाधार विकासको बजेट बर्षे बजेट पनि भनिन्छ जुन बर्षको ११ महिनासम्म कुनै सुरसार गरिदैन र असारमा बजेट खर्च गर्नकै लागि हतारहतार गरिन्छ अनि अपेक्षित रुपमा प्रतिफल आउँदैन । यो बर्षको बजेटले यस्ता समस्याको समाधान गरोस् । स्थानीय सरकारको स्थापना भए देखिको पहिलो प्राथमिकता थियो , गाउँपालिका कार्यालय ,वडा कार्यालयको लागि भौतिक पुर्बाधारको बिकास जुन अहिलेसम्म सम्पन्न हुन सकेको छैन । यहाँ सम्मकी गाउँपालिकाको कार्यालय कुन ठाउँमा राख्ने सम्मको टुङ्गो हुन सकेको छैन । यस्तै गाउपालिकामा रहेका ६ वटा नाकासम्मको सहज बाटोको निर्माण हुन नसक्नु अनि अझैपनि नाकाका मानिसहरु आफ्ना दैनिक उपभोग्य सामानको लागि भारतको मुख ताक्नुपर्ने स्थितिका कारण नाकाका जनताले हरेक बर्ष बजेटमा स्थान नपाएको देखिन्छ जुन यो बर्ष सम्बोधन हुने छ भन्ने आशा गरौं । यो बर्ष पुर्वाधार विकासमा १२ करोड ९७ लाख बिनियोजन हुने देखिन्छ ।
आर्थिक विकासतर्फ ३ करोड ९० लाख बढि बजेट बिनियोजन गर्न लागेको गाउँपालिकाले कुनकुन परियोजनामा गर्ने छ भन्ने त हेर्न बाकी नै छ । ९०% भन्दा बढी जनता कृषिमा आधारीत भएको पालिकामा कृषिमा आधुनिकरण नगरी आर्थिक विकास सम्भव छैन । कृषिमा बजेट बिनियोजन गरेको जस्तो देखाउन कृषि अनुदानको ब्यबस्था हरेक बर्षको नभएको होईन । तर अनुदान पनि आवश्यक कृषकले नपाई पहुचवालाले मात्र पाउने गुनासो पहिले देखिकै हो । हचुवाकोभरमा दिईने अनुदानले अहिलेसम्म कुनै प्रतिफल दिएको देखिदैन । जनताको जीवन उकास्न कृषि क्षेत्रमा जति सकिन्छ बढी बजेट बिनियोजन गर्न जरुरी छ । बजेट हरेक बर्ष बिनियोजन हुन्छ । दुईचार जना ब्यक्तिको निहित स्वार्थमा हचुवाको भरको ल्याईएको बजेटको कार्यान्वयन र प्रभावकारितामा सधै नै प्रश्न उठ्छ । गाउँपालीकाको विकासको लागि स्वास्थ,शिक्षा,कृषि ,सामाजिक र पुर्वाधार विकासलाई प्रथमिकतामा राखि ल्याई बजेट सधै नै उत्कृष्ट हुन्छ । यसपाली उत्कृष्ट बजेट ल्याएर त्यसको कार्यान्वयन गरोस् भन्ने राजपुर गाउँपालिकालाई शुभकामना !
