Sidha Patra शुक्रबार, जेठ २१, २०७८

दाङ । प्युठानको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना आइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।

त्यस्तै कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]