
Srbpu
Rgp
Lnp
pku
Ggp
Pbu
Rgp1
Sgr
Unsku

Rgs
Gst
Hal
Rgu
Vor
Asm
Tsm
Bbu
nsb
Pvg
Rgu
Sbs
Ggd
Bbbpu
Ksm
Rsb
Ssm
Wsp
Sls

sab
Rpp
Jmb
Pls
bbt
Jmb
Gsb
Rmb
Abd
Bml
Ptm
Syp
Mks
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ आनन्द नगर टोल पश्चिमको,दक्षिण तर्फमा विद्युत लाइनको तार भुइँमा लथालिङ्ग भएको एक वर्ष पुग्दा सम्म लमही विद्युत प्राधिकरण बेखबर भएको छ ।
एक वर्ष अघि वर्षातको कारण सो स्थानमा विद्युत लाइनको ट्रान्समिटर पोल संगै भुइँमा ढलेको थियो । त्यो समय पनि अनलाइन पत्रीकामा समाचार प्रकाशन भएपछि,लमही विद्युत प्राधिकरणले उक्त ट्रान्सफारम उठायो,तर तार त्यस्तै छोडेको छ । त्यस गाउँका समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी दिनु भयो ।
हामीले एक वर्ष भन्दा बढी भैसक्यो अर्को टोलबाट बिजुलीको तार तानेर बालेका छौं । सम्बन्धित निकायलाई हामीले बारम्बार समस्या सुनाएपनि हाम्रो समस्या नसुनिदिए कस्ले सुनिदिने हो बस्नेतले गुनासो पोख्नु भएको छ । हामी सबै टोल बासीले लमही विद्युत प्राधिकरणमा पत्राचार गर्यौं तर हाम्रो पत्रको कुनै वास्तानै भएन ।
विद्युत प्राधिकरणमा अहिले पनि पत्र दिएका छौं । त्यस्तै हाम्रो वडा नम्बर ५ का वडा अध्यक्ष बिम बहादुर केसीलाई पनि ल्याएर हाम्रो टोलको समस्या देखाएका छौं तर अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन भन्दै बस्नेतले सिधापत्र डटकम अनलाइन पत्रीकालाई जानकारी दिनु भएको हो ।
त्यस्तै यहाँ धेरै ठुलो कामपनि गर्नु पर्ने छैन । गर्नु पर्ने १००% मा ७५% काम भैसकेको छ । गर्नु पर्ने जम्मा २५% मात्र छ,तर यहीँ थोरै काम नगरी अल्झाएको हुँदा नागरिकले अनावश्यक सास्ती खेप्नुपरेको छ । आफ्नै टोलमा लाइन पोल तानिएपनि नजिकबाट तार तानेर बिजुली बत्ती बाल्न नपाउदा आफुहरु साह्रै दुखि भएको त्यहाँका नागरिकले व्यापक गुनासो पोखेका छन् । यस सम्बन्धि जानकारी लिनको लागि कार्यालयमा टेलिफोन गर्दा एकपट फोन उठ्यो तर कुरा हुन सकेन फोन कट्यो । दोर्याएर फोन गर्दा फोन रिसिभ भएन ।
