
Pbu
Mbdvs
Sds
Gisld
Rbs
mbd

Vor
Rgs
Hal
Rsb
Ksm
Bbu
Pvg
Ggd
Rgu
Rgu
nsb
Asm
Gst
Sls
Bbbpu
Sbs
Wsp
Ssm
Tsm

Syp
Abd
Jmb
Rmb
Pls
sab
Bml
Rpp
Jmb
Mks
bbt
Gsb
Ptm
पोखरा । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका ३० वर्षीय कैदी केदार परियारलाई कास्की प्रहरीले पोखरामा पक्राउ गरेकाे छ।
हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताएका छन्। पक्राउपछि उनलाई कास्की कारागार कार्यालयमा बुझाइएको छ।
रौतहटको डुमडिया गाउँपालिका–१० निवासी परियारको अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको अनुसन्धानबाट खुलेको छ। फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदाम, पोखराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
