भानु जोशी/लमही मंगलबार, जेठ १८, २०७८

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ५ आनन्द नगर टोल पश्चिमको,दक्षिण तर्फमा विद्युत लाइनको तार भुइँमा लथालिङ्ग भएको एक वर्ष पुग्दा सम्म लमही विद्युत प्राधिकरण बेखबर भएको छ ।

एक वर्ष अघि वर्षातको कारण सो स्थानमा विद्युत लाइनको ट्रान्समिटर पोल संगै भुइँमा ढलेको थियो । त्यो समय पनि अनलाइन पत्रीकामा समाचार प्रकाशन भएपछि,लमही विद्युत प्राधिकरणले उक्त ट्रान्सफारम उठायो,तर तार त्यस्तै छोडेको छ । त्यस गाउँका समाजसेवी दिल्ली बहादुर बस्नेतले जानकारी दिनु भयो ।हामीले एक वर्ष भन्दा बढी भैसक्यो अर्को टोलबाट बिजुलीको तार तानेर बालेका छौं । सम्बन्धित निकायलाई हामीले बारम्बार समस्या सुनाएपनि हाम्रो समस्या नसुनिदिए कस्ले सुनिदिने हो बस्नेतले गुनासो पोख्नु भएको छ । हामी सबै टोल बासीले लमही विद्युत प्राधिकरणमा पत्राचार गर्‍यौं तर हाम्रो पत्रको कुनै वास्तानै भएन ।

विद्युत प्राधिकरणमा अहिले पनि पत्र दिएका छौं । त्यस्तै हाम्रो वडा नम्बर ५ का वडा अध्यक्ष बिम बहादुर केसीलाई पनि ल्याएर हाम्रो टोलको समस्या देखाएका छौं तर अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन भन्दै बस्नेतले सिधापत्र डटकम अनलाइन पत्रीकालाई जानकारी दिनु भएको हो ।

त्यस्तै यहाँ धेरै ठुलो कामपनि गर्नु पर्ने छैन । गर्नु पर्ने १००% मा ७५% काम भैसकेको छ । गर्नु पर्ने जम्मा २५% मात्र छ,तर यहीँ थोरै काम नगरी अल्झाएको हुँदा नागरिकले अनावश्यक सास्ती खेप्नुपरेको छ । आफ्नै टोलमा लाइन पोल तानिएपनि नजिकबाट तार तानेर बिजुली बत्ती बाल्न नपाउदा आफुहरु साह्रै दुखि भएको त्यहाँका नागरिकले व्यापक गुनासो पोखेका छन् । यस सम्बन्धि जानकारी लिनको लागि कार्यालयमा टेलिफोन गर्दा एकपट फोन उठ्यो तर कुरा हुन सकेन फोन कट्यो । दोर्‍याएर फोन गर्दा फोन रिसिभ भएन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]