
Rbs
mbd
Gisld
Sds
Mbdvs
Pbu

Wsp
Hal
Ssm
Pvg
Tsm
Rgu
Vor
Sls
Asm
Sbs
Rsb
Rgs
Gst
Ksm
Bbbpu
nsb
Rgu
Bbu
Ggd

Ptm
Jmb
Gsb
sab
Rpp
Syp
Pls
Jmb
Mks
bbt
Rmb
Abd
Bml
दाङ । देउखुरीको लमही नगर निर्माण, महाअभियान’ अन्तर्गत लमही नगरपालिकाले केही महिनादेखि जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घर–घरमै पुगेर वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको छ ।
नगरपालिकाद्वारा गत चैत महिनाबाट सुरु गरिएको उक्त अभियानले सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । लमही नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कमल अर्यालका अनुसार हालसम्म २७ जनालाई जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर वितरण गरिएको छ । उनका अनुसार वडा–वडामा पुगेर सेवा प्रदान गर्ने कार्य निरन्तर रुपमा भइरहेको छ ।
वडा नम्बर १ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर प्रदान गरिएको छ । त्यसैगरी वडा नम्बर २ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ । वडा नम्बर ४ मा ४ जनाको जन्मदर्ता र २ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ५ मा १ जनाको जन्मदर्ता र २ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ ।
त्यसैगरी वडा नम्बर ६ मा पनि अभियान सुरु भइसकेको छ, जहाँ २ जनाको जन्मदर्ता र ४ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ७ मा २ जनाको मृत्यु दर्ता प्रमाणपत्र वितरण गरिएको छ । त्यसैगरी वडा नम्बर ८ मा २ जनाको जन्मदर्ता र १ जनाको मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको छ । वडा नम्बर ९ मा १ जनासहित हालसम्म कुल २७ जनालाई मृत्यु दर्ता प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख अर्यालले जानकारी दिए ।
स्थानीय सरकारको उपस्थितिलाई जनताले प्रत्यक्ष रुपमा अनुभूति गरुन् भन्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले बताए । जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर वितरण गर्दा नागरिकले राज्यप्रतिको नजिकपन र सेवाप्रतिको विश्वास झनै बढेको अनुभूति गर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीको भनाई रहेको छ ।
