
Bksbus5
Gsl
Ratbs
Jsbus
Ddhbs
Ssbus
Rbs
Csbus
Pbu
Gsbus
Nssbus7
Amb
dsbus
gms

Tsm
Asm
Vor
Hal
Sbs
Sls
Gst
Rgu
Wsp
Bbu
nsb
Pvg
Bbbpu
Ggd
Rsb
Ksm
Ssm
Rgs
Rgu

Rmb
Jmb
Jmb
Pls
Gsb
Abd
Syp
Mks
sab
Rpp
Ptm
Bml
bbt
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ देउखुरीले सम्पूर्ण नेपालीलाई कोरोना विरुद्धको खोप तत्काल लगाउने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराएको छ ।
क्षेत्रिय सभापती भेषराज पाण्डेले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना विरुद्धको खोप लगायत अन्य सम्पुर्ण स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गर्नु भएको हो । खोप लगायत सम्पूर्ण स्वास्थ्य सामाग्री तत्काल व्यवस्थापन गरियोस’ विज्ञप्तीमा रहेकोे छ ।
यतिबेला देशभर कोरोनाको आतंक छ । सरकार यस तर्फ जवाफदेही र जिम्मेवार बन्न नसकेको आम नागरिकले अनुभुती गरेको अवस्था छ । कोरोना भाइरसले निम्त्याएको संकटको व्यवस्थापनमा जुट्नुपर्ने सरकार आफ्नै कुर्सी बचाउने खेलमा लागेको भन्दै बिरोध गरिएको छ ।‘संकटका वेला सरकार अत्यन्त संवेदनशिल एवम् आफ्ना नागरिकहरु प्रति जवाफदेही बन्दै हरेक नागरिकको पिडासंग जुध्नुपथ्र्याे तर, ती समस्याबसंग जुध्नुको साटो कुर्सीमा बसेर कुर्सी संरक्षणमा मात्रै केन्द्रित हुनु भनेको उदेक लाग्दो एवम् अत्यन्त लाजमर्दाे कुरा हो’विज्ञप्तीमा उल्लेख रहेको छ ।
त्यस्तै कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनले समेत मजदुर वर्ग अफ्ठेरामा परेको भन्दै समस्यामा परेकाहरुको दैनिकी चलाउन सरकारले सहयोग गर्न नसकेको भन्दै आलोचना गरिएको छ । दैनिक ज्याला मजदुरी गरेर चुल्हो बाल्नेहरुलाई कुनै राहतको व्यवस्था गरेको देखिदैन’ विज्ञप्तीमा छ, ऋण गरेर पेशा व्यवसाय गर्नेहरुको अवस्था लथालिंग छ । वित्तिय राहतको संकेत कतै छैन् ।’विज्ञप्तीमा भनिएको छ ।
