
Csbus
Nssbus7
Pbu
Ratbs
gms
Jsbus
Gsl
Amb
Rbs
Ssbus
Ddhbs
dsbus
Gsbus
Bksbus5

Asm
Rgs
Bbu
Rgu
Bbbpu
Ksm
Rsb
Rgu
Sls
Ggd
Wsp
Pvg
Hal
Sbs
Gst
Vor
Ssm
nsb
Tsm

Ptm
Bml
Rmb
Jmb
Abd
Syp
Rpp
Mks
sab
Gsb
bbt
Pls
Jmb
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति कार्यालय दाङ देउखुरीले प्रहरी प्रशासनको संरक्षणमा ठुला-ठुला मेसिनलगाई खोला उत्खनन कार्यको कडा बिरोध गरेको छ ।
अहिले कोभिड संक्रमणका कारण नागरिकको जीवन रक्षा नै चुनौतीपुर्ण भइरहेको बेला दाङ देउखुरीको राप्ती नदिमा भएको अनियमित र सरकारी मापदण्डलाई समेत बेवास्ता गरि गरिएको उत्खननप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
त्यस्तै प्राकृतिक सम्पदाको अनियमित दोहनकै कारण पर्यावरणमा समेत संकट उत्पन्न भएको भन्दै यसैका कारण मानव जिबन समेत संकटमा परेको सो पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यले प्रेस बिज्ञप्ति जारी गरेर बताएका छन् ।
यस्तो अबस्थामा केही मान्छेहरुको स्वार्थसिद्धिको लागि प्राकृतिक सम्पदाको बिनास गर्नु गम्भीर आपत्तिको कुरा हो । हाम्रो पार्टीले यो विषयमा लगातार आबाज उठाइरहेको छ । खोला वा नदिबाट ढुङ्गा,गिट्टी र बालुवा उत्खनन गर्नको लागि सरकारले बनाएको मापदण्ड बिपरित खोलामा ठुला-ठुला मेसिन लगाइ घाटगद्दिको नाममा अनियंत्रित उत्खनन भैरहदा पुलिस,प्रसासन र स्थानीय सरकारले त्यसको संरक्षण गर्ने कुरा झनै आपत्तिपुर्ण छ ।´ बिज्ञप्तिमा भनिएको छ ।
यस प्रकारको क्रियाकलापको हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा घोर निन्दा तथा भ्रत्सना गर्न चाहान्छ । तत्काल खोलामा भैरहेको अनियंत्रित उत्खनन बन्द गर्न हामिले स्थानीय सरकार र जिल्ला प्रसासनलाई अनुरोध गर्न चाहान्छौ । अन्यथा यो विषम अबस्थामा पनि हाम्रो प्राकृतिक सम्पदाको रक्षाको लागि बाहिर निस्कन बाध्य हुनेछौ, आचार्यद्वारा जारी बिज्ञप्तिमा उल्लेख रहेको छ ।
