
dsbus
Amb
Ratbs
Jsbus
Pbu
Csbus
Ddhbs
Bksbus5
Nssbus7
Gsl
Ssbus
gms
Rbs
Gsbus

nsb
Hal
Ggd
Wsp
Sbs
Rgu
Gst
Bbbpu
Tsm
Vor
Ksm
Pvg
Asm
Rsb
Rgs
Rgu
Ssm
Bbu
Sls

bbt
Jmb
Rpp
Syp
Bml
Ptm
Rmb
Mks
Abd
sab
Jmb
Pls
Gsb
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति,पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ ।
यस्तै शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक संकटको समाधान जनमतसंग्रहबाट मात्र हुने दाबी गरेका छन् । जनमतसंग्रहका लागि राजनीतिक राजनीतिक दलहरु तयार हुने भए त्यसका लागि संयुक्त सरकार बनाएर निकासका लागि आफ्नो पार्टी तयार रहेको समेत उनले बताएका छन् ।
‘राज्यको संकटलाई उचित निकास दिन संसदवादी पार्टी, नेता र सरकार असफल भएपछि यसको जिम्मा प्रत्यक्ष जनतालाई प्रदान गर्नुपर्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘त्यो भनेको आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद वा दलाल पूँजीवाद रोज्ने अधिकार जनमत संग्रहद्वारा जनतालाई प्रदान गर्नुपर्छ । जनमतसंग्रहका लागि राजनीतिक दलहरु तयार हुने हो भने त्यसका लागि हाम्रो पार्टी संयुक्त सरकार बनाएर निकासका लागि तयार रहेको स्पष्ट पार्न चाहन्छौं ।’
त्यस्तै विप्लव नेतृत्वको नेकपाले वर्तमान राजनीतिक संकटलाई सरकारको मात्र असफलता बताउन नहुने भन्दै फेरि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु देशलाई अझै संकटमा धकेल्ने चाल भएको समेत बताएको छ ।
