
Mbdvs
Ksm
Pbu
Rbs
Gisld
Sds
mbd
Gmk
Anm

Bbbpu
Hal
Asm
Wsp
Ksm
Sbs
Gst
Bbu
Pvg
Rgu
Tsm
Rgs
Vor
Ssm
Rsb
nsb
Ggd
Sls
Rgu

Jmb
Mks
Abd
Gsb
Rpp
Bml
sab
Jmb
Syp
Rmb
Pls
Ptm
bbt
हेटौंडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान सुरु भएको छ । मतदान सकिनासाथ गणना सुरु हुने र भर्चुअल माध्यमबाट आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान सकिएपछि साँझ पाँच बजेबाट मतगणना सुरु गर्ने योजना छ । मतदानस्थल हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।
बिहान ९ बजेदेखि मतदानको समय निर्धारण गरिए पनि करिब सवा नौ बजेबाट मतदान सुरु भएको छ । स्थानीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरे । मतदानको समय दिउँसो ३ बजेसम्म निर्धारण गरिएको छ ।
निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, विपक्षी गठबन्धनको तर्फबाट संघीयताविज्ञ खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । उम्मेदवारहरु आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशसभा सदस्य, बागमती प्रदेश अन्तर्गतका पालिकाका प्रमुख र उपप्रमुखले मात्र भोट हाल्न पाउँछन् ।
उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा वागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी ३४८ मतदाता छन् । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।साभार अनलाइन
