
Ggp
lnp
Rgp
Lks
Usb
ksb
Dus
Pbu
Dbs
Jns
Rgp
Asb
Lnp
Ggp
Sgp
Rgp
Rgp


दाङ । देउखुरीमा हाइब्रेड भन्दै अबैध धानको बीउ बेचेको भेटिएको छ । मानो रोपेर मुरि फलाउने तयारीमा रहेका दाङ देउखुरीका कृषक धानको अबैध बीउबाट पीडित बनेका छन् ।
यस्तै धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका कृषक हाइब्रेड भन्दै नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि किसान अन्योलमा परेका हुन् ।लमही नगरपालिका वडानम्बर ६ निवासी दुध राज चौधरीले धानको बीउ किन्ने भनी बैशाख १५ गते लमही नगरपालिका वडा नम्बर ५ लमही बजारमा अबस्थित दर्शन एग्रोभेटमा पुगे ।
उनले हाइब्रेड धान मागे तर एग्रोभेटका संचालकले गोरखनाथ ५०९ धानलाई हाइब्रेड धान भनी बिक्री गरेर पठाए ।” मैले बिल मागे तर गोरखनाथ ५०९ भन्ने लेख्न मिल्दैन भने र हाइब्रेड मात्र लेखे ” चौधरीले भने । एग्रोभेटका संचालक शिवराज न्यौपानेसंग कुराकानी गर्दा गोरखनाथ ५०९ धान नै बिक्री वितरण गरेको सुइकार्दै आफुले मात्रै यो धान बिक्री नगरी बजारमा माग भए अनुसार धेरै एग्रोभेटबाट कारोबार भइरहेको बताए ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ भैसकोर्मा निवासी बिष्णु चौधरीले धानको बीउ किन्नको लागि लमही बजार पुगे उनी धानको बीउ मागे उनले पनि नेपाल सरकारको राजपत्रबाट हटाइएको गोरखनाथ ५०९ नै फेला पारे चौधरीले भने “मसिनो चामलहुने धान मागेको हु धानको बीउ त पाए तर बिल भने पाएन” ।
यस्तै हाल गोरखनाथ ५०९ धानको बीउलाइ नेपाल सरकार बीउ बिउबिजन तथा गुणस्तर नियन्त्रणकेन्द्रले हाइब्रेड धान नभएको पुष्ठि भए पश्चात् सुचिकृत लिस्टबाट हटाइ नेपालमा बिक्री वितरणमा रोक लगाएको छ । कृषि ज्ञानकेन्द्र घोराहीले गोरखनाथ ५०९ धानको बीउ हाइब्रेड नभएको भेटिए पछि राजपत्रबाट हटाइएको कुरो बताउछ । यसलाई नियन्त्रण गर्न स्थानीय कृषि शाखा र जिल्ला प्रशासन कार्यालयले गर्न सक्ने ज्ञान केन्द्रका प्रमुख बुद्दी घिमिरे बताउछन । यी २ जना कृषक त एक पात्र मात्र हुन यस तर्फ सम्बन्धित निकायकाे ध्यान जान जरुरी छ ।
