
Ratbs
Ddhbs
Ssbus
Amb
Rbs
Bksbus5
gms
Csbus
Jsbus
Gsl
Nssbus7
Gsbus
dsbus
Pbu

Bbbpu
Ggd
Asm
Rsb
Sbs
Ssm
Wsp
Ksm
nsb
Hal
Rgu
Bbu
Pvg
Rgs
Rgu
Gst
Tsm
Vor
Sls

Jmb
Rmb
bbt
Ptm
Bml
Syp
Mks
Pls
Gsb
Abd
sab
Rpp
Jmb
दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरीबाट संचालन रहेको सिधापत्र डटकम अनलाइनको आधिकारिक कार्यक्रम सिधाखोज कार्यक्रमका संचालक टोपेन्द्र खनालद्वारा स्थानीय सरकारलाई गरेको एक महत्त्वपूर्ण अनुरोध निम्न रहेको छ ।
नमस्कार सम्पुर्ण देश विदेशमा छरिएर बस्नु भएका नेपाली आमा बुवा,दाजु भाइ तथा दिदीबहिनीहरुमा आज म समाज प्रति उत्तरदायी भएर लाग्न स्थानीय सरकारलाई गरेको अनुरोध तपाई माझ राख्दै छु ।
कोभिड १९ को पहिलो चरणमा स्थानिय स्तरमा स्थानिय जनप्रतिनिधिको निकै चासो रह्यो यो सबैलाई छर्लङ्ग छ ।
अहिले जब नेपालका हरेक स्थानियस्तरमै कोभिड लक्षणका बिरामी रहेको स्थिती देखिरहदापनि स्थानियस्तरमा चासो नहुनुको रहस्य के हो ? यो कुरा धुर्व सत्य हो कि महामारिमा आफ्नो शरीर भन्दा प्यारो अरु केही हुँदैन तर बैकल्पिक उपाय रचेरभएपनि माहामारिको समयमा आ-आफ्ना पालिकामा रहेका नागरिकहरुका बिबिध प्रकारका समस्या बुझ्ने र केही आवश्यक सहयोग गर्ने जनप्रतिनिधीको दायित्व हो । सकिन्छ भने जनप्रतिनिधीहरुलाई निम्न उपाय गर्न गराउनुहुन अनुरोध गर्दछु:सर्वप्रथम यहाँहरु पदमा रहनु भएकोले अनुरोध गरिएको हो अन्यथा नलिनुहोला।
१) हरेक वडाका हरेक टोलबाट सदस्यहरुले प्रतिनिधित्व गरिरहनुभएको हुँदा आफ्नो टोलमा बाहिरबाट आएका ब्यक्तिको निगरानी गरि सुरक्षित तरिकाले घरमै बस्न सुझाव दिने,र वडाप्रमुखलाई समेत जानकारी गराउने,
२) कुनै लक्षण देखिएका ब्यक्ती आफ्नो वडाको टोलमा फेला परेमा वा जानकारी पाईएमा उक्त लक्षणको बारेमा बुझेर स्वास्थ्य शाखामा सम्पर्क गरि औषधि निजकै घरमा लगिदिने ।
४) नियमितरुपमा औषधि सेवन गरिरहेका दिर्घ रोगिहरुको लिस्ट तयार पारी निजको औषधि सदस्यहरुले उपलब्ध गराउने।
३) हल्का जटिल समस्या रहेको फेला परेमा वडाप्रमुखलाई तुरुन्तै जानकारी दिने।
४) जटिल समस्या आएमा वडा प्रमुखले स्वास्थ्य शाखामा सम्पर्क गरि पालिका स्तरिय आइशुलेशनमा लग्ने ब्यवस्था मिलाउने र त्यहाको सुझाव अनुसार थप उपचार गराउने ब्यवस्था मिलाउने।
५) नजिकै रहेको नेपाल प्रहरिलाई वडाप्रमुख मार्फत सहयोग गर्ने वातावरण मिलाउने।
६) सदस्य देखि गापा प्रमुख पदमा रहनुभएको जनप्रतिनिधिहरुका मोबाईल जतिबेला जुन नागरिकले सम्पर्क गर्दा पनि उठाएर समस्या बुझ्ने बातावरण मिलाउने।
७) यस्तो माहामारीको बेला स्थानिय निकायमा रहेका एम्बुलेन्स मात्रै अपुग हुने हुँदा बाके जिल्ला कोहलपुर नपाकी उपप्रमुख सन्जु कुमारी थारुले आफु चढने गाडी स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको सकारात्मक कार्यबाट पाठ सिकि स्वास्थ्य शाखालाई सुम्पिने ताकि पालिकास्तरका जुनसुकै नागरिकको आपतकालिन स्थितिमा बिरामी ओसारपसार गर्न सकियोस् ।
८) पालिकास्तरमा रहेका विभिन्न संघ / सस्थाका प्रतिनिधिलाई समेत जनप्रतिनिधिले सहयोगका लागि निरन्तररुपमा समन्वय गरिरहने।
९) नेपाल सरकारबाट स्थायी रुपमा तलबभत्ता बुझ्ने सबै कर्मचारिलाई उहाहरुको स्वास्थ्यलाई सुरक्षित पार्दै जनचेतना फैलाउने कार्यमा खटाउने।
१०) महामारीको बेला घरभित्रै खान नपाएर मर्न सक्ने नागरिकको समस्यालाई निकै गम्भीररुपमा लिएर सम्पर्क गरिरहने र आवश्यक सहयोग गर्ने।
(११)स्थानिय स्तरमा आफुखुशी गाडि चलाईरहनेलाई रेकर्ड कायम राखी कार्ववाही स्वरुप ६ महिना देखि
१ वर्षसम्म सिफारिस रोक्का गरिदिने।
।
(१२) विभिन्न ऋणिहरुको लकडाउन अवधिभरको ब्याज मिनाहाको लागि सम्बन्धित निकायमा ( समूह/ बैंक ) मा सिफारिस गर्ने। (१३) नागरिकलाई कुनै प्रकारका समस्या आईपरेमा निजहरुसङ्ग आर्थिक अभावको कारण सम्पर्क गर्न सक्ने स्थिती नहुन सक्छ भन्ने समस्यालाई ध्यानमा राखी नागरिकका समस्यलाई निरन्तररुपले बुझ्ने बातावरण मिलाउने।
स्वास्थ्य नै धन हो स्वास्थ्य रहे सबै संभव छ यसर्थ आफू बचौ र अरुलाईपनि बचाउने अभियानमा जुटौं । धन्यवाद
