
Ksm
Pbu
mbd
Sds
Rbs
Anm
Mbdvs
Gisld
Gmk

Tsm
Wsp
Sbs
Bbbpu
Rgu
Gst
Sls
Rgu
Ssm
Rsb
Ggd
Hal
Asm
Pvg
Ksm
Vor
Bbu
nsb
Rgs

Rpp
Bml
sab
Syp
Rmb
Pls
bbt
Jmb
Jmb
Abd
Ptm
Gsb
Mks
दाङ । पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको एउटा कार भित्र मृत अवस्थामा फेला परेका तुलसीपुरका तीन बालकको शव १३ दिन पछि शुक्रबार अभिभावकले बुझेका छन् ।
मृतक तीन बालकका अभिभाबकलाई स्थानीय पालिकाले एक लाख २५ हजार क्षतिपुर्ति दिने सहमति भएको छ । त्यसमध्य तत्काल किरिया खर्च बाफत जनही २५ हजारका दरले उपलब्ध गराउने र बाँकी एक लाख रुपैंया कार्यपालिकाबाट पास गरि उपलब्ध गराउने सहमति भएको छ ।
त्यस्तै प्रत्येक पीडित परिवारका एक जना सदस्यलाई स्थानीय पालिकाले क्रमश रोजगारीको ब्यबस्था गर्ने, पीडित परिवारका अन्य बालबालिका मध्य एक ÷एक जनालाई प्लस टुसम्म पढाउने जिम्मा स्थानीय सरकारले लिने सहमति पनि भएको छ ।
घटनाको अनुसन्धान र छानविन निष्पक्ष रुपमा गरेर दोषीलाई कारबाही गर्ने, पक्राउ परेका गाडी धनि र चालकलाई अदलातमा नपुगाइ छोड्न नपाइने सहमति पनि भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बेलुका पीडित पक्ष, स्थानीय प्रहरी प्रशासन, स्थानीय सरकार प्रमुख लगाएतका बीचमा राष्ट्रिय दलित आयोग मार्फत गृहमन्त्रालयल संग क्षतिपुर्ति बाफत प्रत्येक बालकलाई जनही ५ लाख माग गर्ने सहमतिपनि भएको छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंह, राष्ट्रिय दलित अयोगका अध्यक्ष देवराज विश्वकर्मा लगाएतका बीचमा उक्त सहमति भएको थियो ।
यसअघि के÷ के भएको छ ?
यस अघि प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राविधिक झिकाएको थियो भने शवको पोष्टमार्टमका लागि बुटवलबाट बिषेशज्ञ डाक्टर झिकाएको थियो। पोष्टमार्टमा रिपोर्टले बालकको शरिरमा कुनै चोट÷ पटक नलागेको भन्ने कुरा उल्लेख रहेको प्रहरीले बताएको छ ।
‘पोष्ट मार्टम रिपोर्टमा कर्तब्य गरि हत्या भएको देखिदैन,’ डिएसपी सिंहले भनेका थिए ।
शब सडेको अवस्था रहेको हुँदा तीन बालकको मृत्युको कारण अरु के हुन सक्छ ? भनेर अनुसन्धान गर्नका लागि भिसेरा परीक्षण गर्न यसअघि नै काठमाडौं पठाइ सकिएको डिएसपी सिंहले जानकारी दिएका छन् । भिसेरा परीक्षणको रिपोर्ट यही हप्ता भित्र आइपुग्ने सिंहले आशा ब्यक्त गरे ।
त्यस्तै घटनाको दोस्रो दिन बैशाख १९ गते नै कारधनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ वर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ वर्षीय चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान जारी रहेको डिएसपी सिंहले जानकारी दिएका छन् ।
तर, चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेकाले आफूहरू घटनाबारे अनविज्ञ रहेको प्रहरीसमक्ष वयान दिएको डिएसपी सिंहले बताए । यस अघि पिडित पक्षले तीन बालकको सामुहिक हत्या भएको दावी गदै दोषी पत्ता नलाग्दा सम्म शव नबुझने अडान लिएका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र बैशाख १८ गते बेलुका तीन बालक मृत अवस्थामा फेला परेका थिए । तुलसीपुर ६ बरूवाका भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सूवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार रहेका थिए । साभार फरक कोण
