
Rgp1
sbs
Ggp
Gfs
Lnp
Rgp
pku
Sgr
Pes
Unsku
cjs
Srbpu
Pbu
Djs

Tsm
Asm
Pvg
Wsp
Sbs
Rgu
nsb
Bbbpu
Gst
Rsb
Bbu
Ksm
Sls
Hal
Vor
Ssm
Ggd
Rgs
Rgu

Syp
Rmb
Pls
Jmb
Bml
Mks
Gsb
Ptm
Abd
sab
bbt
Jmb
Rpp
दाङ । दाङमा स्थानिय सरकारहरुले धमाधम अक्सिजन सहितको आइसोेलेशन बनाउदै गरेका छन् । तर जिल्लामा प्रयाप्त अक्सिजन नहुदा कोरोना संक्रमितको ज्यान जोखिममा पर्दै गएको छ । लुम्विनी प्रदेश सरकारले बनाएको कोरोना विषेश अस्पताल र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामी भरीभराउ छन् तर छिनछिनमा अक्सिजनको अभाबले संक्रमितको ज्यान गैरहेको छ ।
यसरी पछिल्लो समय कोरोना संक्रमितको मृत्युदर
जिल्लामा बढ्दै गएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार मंगलबार दाङमा १७ जना कोरोना संक्रमितको मृत्युभएको छ । वितेको २४ घण्टामा तुलसीपुरका ८ जना, घोराहीका ५ जना, लमहीका २ जना, गढवा र दंगिशरणका एक/एक जना कोरोना संक्रमितको मृत्युभएको हो ।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत ८ जना, होम आईसोलेशनमा बसेका ५ जना संक्रमितको मृत्युभएको केन्द्रले जनाएको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जना, लमहीमा होमआइसोलेसनमा बसेका १ जना, लमही अस्पताल र घोराहीको गायत्री अस्पिटलमा उपचाररत १÷१ जनाको मृत्युुभएको केन्द्रले जनाएको छ ।
आज मृत्युु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २ जना, वडा नम्बर १३ का २, वडा नम्बर १४ का १ गरी ४ पुरुष र १ जना महिला रहेको छन । त्यसैगरि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का २ जना, वडा नम्बर ४, ८, १२, १६ र १७ का एक।एक जना गरि ५ पुुरुष र ३ महिलाको मृत्युुभएको हो । लमही नगरपालिका वडा नम्बर ५ र ८ का एक जना पुरुष र एक जना महिलाको मृत्युुभएको केन्द्रले जनाएको छ । यस्तै दंगीशरण र गढवा गाउँपालिकाका एक/एक जना पुुरुषको मृत्युभएको छ ।
बेलझुण्डि अस्पतालमा ८ संक्रमितको मृत्यु
यस्तै कोरोना विशेष अस्पतालन बेलझुण्डीमा उपचाररत ८ जना विरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुरका ५ जना, घोराही गढवा र दंगिशरणका एक/एक जना रहेका छन् । तुलसीपुरका ३ पुरुष र २ जना महिला रहेका छन् । जसमा वडा नम्वर १९ का ५२ वर्षिय पुुरुष, ६ का ७६ वर्षिय पुरुष, १७ का ५० वर्षिय महिला, १२ का २७ वर्षिय पुरुष र ४ का ७० वर्षिय महिलाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले जानकारी दिएका छन।
यस्तै घोराही उपमहागनरपालिका वडा नम्वर १३ का ४४ वर्षिय पुरुषको मृत्युु भएको हो । यस्तै गढवा ३ का २५ वर्षिय पुुरुष र दंगिशरण ३ का ३१ वर्षिय पुरुषको अस्पतालमा उपचारका क्रममा आजै मत्यु भएको हो । आज अस्पतालमा २ जना महिला र ६ जना पुरुष गरी जम्मा ८ जनाको मृत्यु भएको छ । अस्पतालमा अहिले ६३ जना कोरोनाका विरामीको उपचार भैरहेको छ ।।
९७ जना संक्रमित थपिदा ९७ जना नै निको
मंगलबार कोरोना संक्रमण पुष्टि हुने र निको हुनेको संख्या बराबर रहेको छ । ९७ जनामा कोरोना देखिदा ९७ जना नै संक्रमण मुक्त भएका छन् । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार आज ९७ जना संक्रमित निको भएका हुन् । आज निको भएका संगै बैशाख यता जिल्लामा ३ हजार ६ सय ६३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या ४ हजार ८ सय ८७ पुगेको छ । मंगलबार दाङका ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही तथा जिल्ला बाहिर १ सय ५० जनामा गरिएको पिसिआर परिक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरि २८ जनाको एन्टिजेन परिक्षण गर्दा १४ जनामा संक्रमण देखिएको केन्द्रले जनाएको छ । जिल्लाभर अहिले सम्म ४ हजार ८ सय ८७ जना संक्रमण देखिएको केन्द्रले जनाएको छ ।
