
Csbus
Gsbus
Jsbus
Amb
Nssbus7
Pbu
Bksbus5
Ssbus
Ddhbs
Ratbs
Gsl
Rbs
dsbus
gms

Sls
Asm
Bbbpu
Ksm
Rgs
Tsm
Rgu
Rgu
Wsp
nsb
Hal
Rsb
Gst
Ggd
Ssm
Sbs
Vor
Pvg
Bbu

Syp
Jmb
Gsb
Abd
Rmb
Bml
Ptm
bbt
Rpp
sab
Jmb
Pls
Mks
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।
नेकपाका पूर्व वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमलाको संयोजकत्वमा पार्टी विभाजन भएको हो । विप्लवले क्रान्तिको नाममा नेपाली जनतालाई फेरि धोका दिएकोले नयाँ ढंगले अगाडि बढ्नु पर्ने अवस्था आएको बताए । शनिबार एक विज्ञप्ति जारी गरेर नयाँ पार्टीको घोषणा गरिएको छ ।
नयाँ पार्टीको नाम जन समाजवादी मञ्च, नेपाल राखिएको छ । ‘आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जनसम्प्रभूता सम्पन्न गरेर मात्र अब बाँकी अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
मञ्चको आगामि कार्यदिशा वैज्ञानिक समाजवादी रहेको उल्लेख गरिएको छ । नयाँ पार्टीमा १० पूर्व केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज तथा सेक्रेटरी, मजदूर, विद्यार्थीलगायतबाट विद्रोह गरेकाहरु रहेको बताइएको छ ।
यस्तो छ विज्ञप्ति
प्रेस– वक्तव्य
मितिः २०७८ बैशाख १८
मार्क्सवाद, लेनिनवाद, माओवादको आलोकमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवादसम्म पुग्ने उद्धेश्यका साथ २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी बिभिन्न उतार–चढाव, आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको कुरा हामी सबैलाई सर्वबिधितै छ । अनेकौं सौर्य, साहस, बलिदानका कीर्तिमानी खडा गर्दै यहाँसम्मको यात्रा तय गरेको भएता पनि कम्युनिष्ट आन्दोलन भित्रबाट नै श्रृजनात्मक बिकासको नाममा कहिले दायाँ अति त कहिले बायां अति तर्पm ढल्केर दक्षिणपन्थी संशोधनवादी र उग्रवामपन्थी प्रभावबाट आन्दोलन मुक्त हुन नसकेको र जसको फलस्वरूप नेपाली कम्युनिष्ट आन्दोलनले निश्चित लक्ष्यसम्म पुग्न नसकेको यथार्थ हाम्रो सामु स्पष्टै छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको मूल समस्याका रूपमा सतहमा सामन्तवाद नै हावी रहेको कुरा यतिवेला फेरि पनि स्पष्ट गर्न चाहन्छौं । आन्दोलनले नेतृत्वलाई उचाइमा पु¥याउने तर अन्ततः नेतृत्वले नै जनता र क्रान्तिलाई धोका दिएको इतिहासका साक्षी स्वयं हामी नै छौं । तीनै नेतृत्वले आपूmलाई देवत्वकरण गरी क्रान्तिलाई विसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका बिरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भैसकेको छ । तसर्थ, संगठनात्मक हिसाबले जनतालाई जन सम्प्रभूता सम्पन्न गरेर मात्र अब बा“की अधुरो क्रान्ति सम्पन्न गर्न सकिने छ ।
यसका निमित्त एउटा नयाँ आधारमा एउटा नयाँ बिचार, नयाँ क्रान्ति, नयाँ आन्दोलन सृजना गर्न वैज्ञानिक समाजवादी कार्यदिशालाई दरोसंग पक्रँदै अगाडी बढ्ने उद्देश्यलाई केन्द्रमा राखेर एउटा नितान्त नयाँ, सशक्त र जुझारु तथा सामन्तवाद, साम्राज्यवाद र संशोधनवादी बिरोधी एवं देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति, समूहहरू तथा जातिय, क्षेत्रीय, लैंगिक, दलित, मधिसे, महिला, सीमान्तकृत उत्पीडित समुदाय र भाषिक, सांस्कृतिक उत्पीडनमा परेका समूहहरू लगायत समग्रमा बर्गिय उत्पीडनको साथ र सहयोगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न श्री कृष्णप्रसाद धमला (कमरेडः गम्भिर ) को नेतृत्वमा हिमाल, पहाड, तराइ मधेश सबैको प्रतिनिधित्व सहित ५१ (एकाउन्न) सदस्यीय जन–समाजवादी मञ्च, नेपालको आज मिति २०७८ बैशाख १८ गते तदनुसार सन २०२१ मइ ०१ का दिन स्थापना गरिएको सगर्व घोषणा गर्दछौं ।
यतिवेला देशमा कोरोनाको दोस्रो लहरले सृजना गरेको विसम परिस्थितिका कारण औपचारिक कार्यक्रम गर्न नसकेकोमा सम्बन्धित सबै जनसमुदाय, देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र समूह लगायत पत्रकार बन्धुहरूसंग क्षमायाचना गर्दै यस विश्वब्यापी कोरोना महामारीका बिरुद्ध लड्न सबैलाई एकजुट भै हातेमालो गरी कोरोना कहरबाट छुटकारा पाउने लडाइमा सफलता प्राप्त गर्न समेत हार्दिक आग्रह गर्दछौं ।
जनताको सम्प्रभूतालाई स्थापित गर्दै मार्क्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शन सिद्धान्तमा अडिग रहँदै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने महान अभियानलाई यहाँहरू सबैबाट न्यानो माया, सद्भाव, नैतिक/भौतिक समर्थन रहने छ भन्ने बिश्वास ब्यक्त गर्दै सबै जनसमुदाय, देशभक्त, प्रगतिशिल, जनवादी, लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र समूहहरूलाई यस महान अभियानमा विना पूर्वाग्रह, विना संकोच छलफल, बहस, विमर्शमा भाग लिन र बिषयलाई सारमा संकेन्द्रण गरी लागु गर्दै विजयसम्म पुग्नका निमित्त लामबद्ध हुन हार्दिक अपिल गर्दछौं ।साभार abc sanchar
