Sidha Patra बिहिबार, बैशाख १६, २०७८

काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् ।

त्यसैगरी निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको हो ।

यस्तै उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

त्यस्तै उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुने गरी कोरोना सङ्क्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधबार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]