
Pes
Rgp1
Gfs
pku
cjs
Pbu
Lnp
Ggp
Srbpu
Rgp
sbs
Unsku
Djs
Sgr

Sbs
Bbbpu
Rgu
Hal
Rgu
nsb
Pvg
Wsp
Ggd
Ksm
Ssm
Asm
Gst
Rsb
Rgs
Vor
Bbu
Tsm
Sls

Bml
Rpp
Jmb
Abd
sab
Jmb
Pls
Mks
Syp
bbt
Gsb
Rmb
Ptm
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नम्बर ६ पथरगढवामा अत्याधुनिक सुविधा सम्पन्न सात शैयाको मन्नत पोलिक्लिनिक प्रा.लि. सञ्चालनमा आएको छ । पहिलो पटक एमबीबीएम डाक्टरहरु सहितको अत्याधुनिक सुविधा सम्पन्न पोलिक्लिनिक सञ्चालनमा आएको हो ।
यस्तै देउखुरीको राप्ती गाउँपालिका—६ भगवानपुर निवासी समसाद अलिको करिब डेढ करोडको व्यक्तिगत लगानीमा उक्त पोलिक्लिनिक सञ्चालनमा आएको हो । उक्त पोलिक्लिनिकमा सात शैयाको बेड रहेको छ,भने मेडिकल सर्जरी डाक्टर समसाद अहमद,सर्जरी डाक्टर फिरोज आलम खान,एमडी डाक्टर नियाम तुल्हा खान र एमडी फरहान खानबाट बिरामीको चेकजाँच सहितको सेवा दिइने पोलिक्लिनिकका सञ्चालक समसाद अलिले बताए । साथै मन्नत पोलिक्लिनिकमा आउने गरिब दुखी आर्थिक अबस्था कम भएका हरुलाई निशुल्क उपचार अपरेसन औषधी दिने जानकारी दिए ।
अलिको आफ्नै एक तल्ले ९ कोठे पक्की भवनबाट सो पोलिक्लिनिक सञ्चालनमा आएको छ । उक्त पोलिक्लिनिकमा भिडियो एक्सरे, सादा एक्सरे, बिरामी भर्ना, ल्याब, इसिजी, नेबुलाइजर, फार्मेसी, ओपिडी तथा इमरजेन्सी बिरामी भर्ना तथा उपचार सेवा, अक्सिजन सेवा, माइनर ओटी सेवा, २४ सैं घण्टा इमरजेन्सी र अप्रेसन लगायतका अन्य सेवाहरु समेत रहेको पोलिक्लिनिकका सञ्चालक अलिले जानकारी दिए ।
यो क्षेत्र लुम्बिनी प्रदेशको स्थायी राजधानी रहेको भएपनि एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न अस्पतालहरु नभएकोले आफूले एमबीबीएम डाक्टर सहितको सुविधा सम्पन्न मुन्नत पोलिक्लिनक सञ्चालनमा ल्याएको सञ्चालक समसाद अलिले बताए । साथै यो क्षेत्रका बिरामीहरु डाक्टर सहितको सेवा लिन यस अघि कि त नेपालगञ्ज जानु पथ्र्यो की त बुटवल पुग्नुपर्ने बाध्यता रहेको थियो ।
यो पोलिक्लिनक सञ्चालनमा आएपछि अब भने उपचारका लागि बुटवल र नेपालगञ्ज जानु नपर्ने प्रालिका सञ्चालक अलिले बताए । उक्त पोलिक्लिनिकमा राप्ती, गढवा गाउँपालिका, लमही नगरपालिका, प्यूठान र अर्घाखाँचीका नागरिकले सजिलै सेवा लिन सकिने सञ्चालक अलिले बताए । पोलिक्लिनिक सञ्चालनमा आएपछि अहिले दैनिक ३० देखि ४० जनाले सेवा लिन थालेको सञ्चालक समसाद अलिले जानकारी दिए ।
यसैबीच मन्नत पोलिक्लिनिकको लोकतन्त्र दिवसको अवसर पारी शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । उक्त पोलिक्लिनिकको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले रिबन काटेर विधिवत् उद्घाटन गरेका हुन् ।
पोलिक्लिनिकका सञ्चालक समसाद अलिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष सुवेदीले ग्रामिण भेग नागरिकलाई भरपर्दो सेवा दिनुपर्ने बताएका थिए । उनले यो क्षेत्र राजधानी भइसकेपछि अब यस्तै प्रकारका सुविधा सम्पन्न अस्पतालहरु आवश्यकता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउँपालिका अध्यक्ष सुवेदीले यो पोलिक्लिनिकले नाफा कमाउने भन्दा पनि भरपर्दो तथा विश्वसनिय सेवा दिने कुरामा बढी ध्यान दिनुपर्ने बताए ।
पोलिक्लिनिकका मेडिकल सर्जरी डाक्टर समसाद अहमदको स्वागत तथा बिषय प्रबेशबाट शूरु भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिकाका प्रबक्ता तथा वार्ड नम्बर ७ का वडाध्यक्ष विद्यासरण चौधरी, वार्ड नम्बर ६ का वडाध्यक्ष बेदप्रसाद चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, नेकपा एमालेका नन्दकुमार चौधरी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा माओवादी केन्द्रका धर्मराज अधिकारी, सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी र प्रगतिनगर सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शान्तराज शर्मा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन हरिप्रसाद भूसालले गरेका थिए ।
