
Ggp
Dus
Ggp
Lnp
lnp
Asb
Rgp
Sgp
Rgp
Usb
Rgp
ksb
Rgp
Lks
Jns

lms

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने भएका छन् ।
त्यस्तै बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण हुने भएको छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएसँगै संसद सचिवालयले आज विहान बादलको पद रिक्त भएको जानकारी गराएको थियो ।
