
Pbu
Lnp
Unsku
Djs
Rgp
sbs
Rgp1
Ggp
cjs
Srbpu
Sgr
pku
Gfs
Pes

Vor
Ssm
Hal
Sbs
Ggd
nsb
Ksm
Bbbpu
Wsp
Pvg
Rsb
Rgu
Gst
Rgs
Bbu
Tsm
Rgu
Asm
Sls

Rmb
Abd
Pls
Rpp
Jmb
bbt
Ptm
sab
Gsb
Mks
Bml
Jmb
Syp
काठमाडौं । दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ । नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो । नेपालगन्ज उमपहानगरपालिकाका शिक्षा शाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले चारवटा सामुदायिक र तीनवटा संस्थागत विद्यालयका दश शिक्षक र ५ विद्यार्थीलाई कोरोना पुष्टि भएको जानकारी दिए ।
यस्तै पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्टि भएपछि नाकामा कडाइ, भीडभाडमा रोक, विद्यालय बन्दको चर्को दबाब परेको थियो । बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
त्यस्तै नेपालगन्जमा ह्वाइट हाउसमा आइसोलेसन सेन्टर सञ्चालन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने बताए । उहाँले भारतबाट फर्किएका नेपालीका लागि नाकामा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने बताए । सीमावर्ती भारतीय बजारमा दैनिक ठूलो संख्यामा नेपालीहरु किनमेल गर्न जाने गर्दछन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
