
Ksb
Csb
Fmb
Usb
jsb
Ssb
Ksb
Ppu
Ksb
Nsb
Tgp
Ssb
Rsb
Gsb
Bsn
Rks

Ssb
Tsb
Hl1
Gsb
Usb

Nps
ptl
Rgu
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले कपिलवस्तु जिल्ला शिवपुरमा १४ साउन २०६५ सालमा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले असलमलाई जिल्लाकै यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्ला अदालतले २ जेठ २०६९ मा असलमलाई सर्वस्व सहित जन्मकैदको सजाय सुुनाएको र उनी जिल्लाभित्रै र बाहिर लुकिछिपी बसिरहेको बताए ।
असलम सहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहारगरि हत्या गरेको अनुसन्धानमा उल्लेख गरेको कपिलवस्तु एसपी अधिकारीले जानकारी दिनुभएको छ ।
