
Sds
Pbu
Anm
Mbdvs
Rbs
Gmk
Gisld
Ksm
mbd

Ksm
Wsp
Asm
Rsb
Gst
Hal
Ssm
nsb
Bbbpu
Vor
Rgs
Sls
Rgu
Rgu
Sbs
Tsm
Bbu
Ggd
Pvg

Gsb
Syp
Rpp
Abd
Jmb
Ptm
Bml
bbt
Pls
Jmb
Rmb
sab
Mks
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले कपिलवस्तु जिल्ला शिवपुरमा १४ साउन २०६५ सालमा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले असलमलाई जिल्लाकै यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्ला अदालतले २ जेठ २०६९ मा असलमलाई सर्वस्व सहित जन्मकैदको सजाय सुुनाएको र उनी जिल्लाभित्रै र बाहिर लुकिछिपी बसिरहेको बताए ।
असलम सहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहारगरि हत्या गरेको अनुसन्धानमा उल्लेख गरेको कपिलवस्तु एसपी अधिकारीले जानकारी दिनुभएको छ ।
