सागर थापा शनिबार, चैत्र २८, २०७७

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रहरीले कपिलवस्तु जिल्ला शिवपुरमा १४ साउन २०६५ सालमा भएको गोलीकाण्डमा संलग्न रहेका एक अभियुक्तलाई घटनाको १२ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शिवपुरका ४२ वर्षीय बिश्वनाथ यादवलाई गोली हानेर हत्यामा संलग्न रहेका सोही स्थानमा बसोबासगर्ने असलम मुसलमानलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले असलमलाई जिल्लाकै यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जिल्ला अदालतले २ जेठ २०६९ मा असलमलाई सर्वस्व सहित जन्मकैदको सजाय सुुनाएको र उनी जिल्लाभित्रै र बाहिर लुकिछिपी बसिरहेको बताए ।असलम सहित चुलबुल यादव भन्ने हरिलाल यादव, आलमगिर मुसलमान भन्ने आलम शेषले मृतक यादवलाई घरबाट बाहिर बोलाएर घाँटी र दाहिने छातीमा गोली प्रहारगरि हत्या गरेको अनुसन्धानमा उल्लेख गरेको कपिलवस्तु एसपी अधिकारीले जानकारी दिनुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]