
Bksbus5
Ratbs
Rbs
Amb
Gsbus
Ddhbs
Ssbus
Jsbus
Csbus
gms
Gsl
Pbu
dsbus
Nssbus7

Ggd
Ksm
Rgs
Pvg
Vor
Asm
Tsm
Rgu
Bbbpu
Hal
nsb
Sls
Rsb
Rgu
Wsp
Gst
Bbu
Sbs
Ssm

Mks
Jmb
Rpp
Abd
Jmb
Gsb
Rmb
Syp
bbt
Bml
sab
Ptm
Pls
काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् ।
एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर नेपाल समूहले सरकारलाई दिएको समर्थन कायमै रहेको बताएको थियो भने मन्त्रीहरु पनि सरकारमै थिए । नयाँ निर्णयअनुसार तीन मन्त्रीले राजीनामा दिएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।
त्यस्तै ४० सदस्यीय प्रदेशसभामा शाहीको दल माओवादी केन्द्रको १२ सांसद (१३ मध्ये एमाले प्रवेश गरेका धर्मराज केसीलाई कारबाही गर्ने निर्णय भइसेको छ) छन् ।सबभन्दा ठूलो दल एमालेका २० सांसद छन्, जसमध्ये राजबहादुर शाही सभामुख छन् । नेपाली कांग्रेसका ६ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।
यस्तै एमाले संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री शाहीलाई आग्रह पनि गरेको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । बैठकले शाहको नेतृत्वमा संसदीय दल विधान मस्यौदा कार्यदल समेत बनाएको छ ।
