Sidha Patra बिहिबार, चैत्र १९, २०७७

दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका क्षेत्रमा अब अप्टिकल फाईवर सहितको इन्टरनेट र टेलिफोन सेवा बिस्तार हुने भएको छ । सेवा बिस्तारका लागि नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यलयका प्रमुखसंग आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलले यस्तो निर्णय गरेको प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताउनु भयो ।
त्यस्तै राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिकाको क्षेत्रमा जाने भएपछि र पठनपाठनमा ईन्टरनेट अनिवार्य हुनु पर्ने भएपछि सेवा बिस्तार हुने भएको लुम्बिनी प्रदेशसभा सदस्य थारुले जानकारी दिनु भयो । यो खासगरी प्राविधिक शिक्षालयको लागि भएपनी गढवा र राजपुरका जनताले पनि प्रत्यक्ष लाभ लिन सक्ने थारुको भनाइ छ ।

यस्तै सम्भवत दुई तीन दिन भित्रै विज्ञ टोलीले स्थलगत अध्ययन गर्ने र लागत स्टिमेट तयार गर्ने छ । यसै आर्थिक बर्षमा बहुबर्षिय टेन्डर प्रक्रिया मार्फत काम सुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य थारुले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]