
Ssbus
Ssbus
Sssbus1
Bs1
tssbus
Pbu
ssbus
Gsl
nsm
Sssbus1
Ssbus

Rgu
Ksm
Rgs
Rgu
Hal
Tsm
Pvg
Vor
Rsb
Gst
Asm
Bbu
Sbs
Bbbpu
Ggd
nsb
Sls
Wsp
Ssm

Rpp
Bml
Syp
bbt
Jmb
Gsb
sab
Ptm
Rmb
Pls
Abd
Jmb
Mks
दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका क्षेत्रमा अब अप्टिकल फाईवर सहितको इन्टरनेट र टेलिफोन सेवा बिस्तार हुने भएको छ । सेवा बिस्तारका लागि नेपाल टेलिकम लुम्बिनी प्रदेश कार्यलयका प्रमुखसंग आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा भएको छलफलले यस्तो निर्णय गरेको प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताउनु भयो ।
त्यस्तै राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिकाको क्षेत्रमा जाने भएपछि र पठनपाठनमा ईन्टरनेट अनिवार्य हुनु पर्ने भएपछि सेवा बिस्तार हुने भएको लुम्बिनी प्रदेशसभा सदस्य थारुले जानकारी दिनु भयो । यो खासगरी प्राविधिक शिक्षालयको लागि भएपनी गढवा र राजपुरका जनताले पनि प्रत्यक्ष लाभ लिन सक्ने थारुको भनाइ छ ।
यस्तै सम्भवत दुई तीन दिन भित्रै विज्ञ टोलीले स्थलगत अध्ययन गर्ने र लागत स्टिमेट तयार गर्ने छ । यसै आर्थिक बर्षमा बहुबर्षिय टेन्डर प्रक्रिया मार्फत काम सुरु हुने लुम्बिनी प्रदेश सभा सदस्य थारुले जानकारी दिनु भयो ।
