
Lnp
Ksbus
Msbus
Ggp
Rgp
Ggp
Ksbus
Asbus
Sdc

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी भ्रष्टाचारमा तानिएका छन् ।
सडक ठेक्काको सूचना लुकाएर भ्रष्टाचार गरेको आरोपमा उनीसहित दश जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको हो ।
मुद्दा चलाइएकामा लेखापाल राधेश्याम राय,खरिदार अरुण कुमार यादव,सिनियर अहेव उमेर साह,शिक्षा शाखा प्रमुख अनिल कुमार साहु,अमृत मिडिया प्राइभेट लिमिटेडका प्रोप्राइटर राजेन्द्र यादव, जनकपुर टुडे मिडिया ग्रुपका प्रधान सम्पादक बृजकुमार यादव,साइन कन्स्ट्रक्सनका प्रोप्राइटर विकास प्रसाद यादव,एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालिका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सब-इन्जिनियर शुभाष कुमार महरा छन् ।
त्यस्तै,उनीहरुले गौरदाहादेखि लखौरीसम्म बाटो निर्माण कार्यको ठेक्का सूचना लुकाउनुका साथै निकटलाई ठेक्का दिई २६ लाख ६४ हजार ६२४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उक्त रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजाय हुन मागदाबी समेत गरेको छ ।जनआस्था
