
Asbus
Lnp
Sdc
Msbus
Ksbus
Ggp
Ggp
Ksbus
Rgp

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लाटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत,पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सात करोड ५० लाख रुपैयाँ योगदान गरेको छ।
त्यस्तै,उक्त सहयोग रकम बुधबार इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका– ९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको हो ।
यस्तै,प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लांकेट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको कम्पनीले जनाएको छ । नयाँपत्रीका
