दिपक वली/घोराही बिहिबार, भाद्र १८, २०८३

दाङ । संजीवनी शिक्षण अस्पताल घोराहीले अस्पतालका अध्यक्ष खुमा प्रसाद अर्यालको जन्मदिनको अवसर पारेर मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

स्वास्थ्य,खेलकुद र सामाजिक सहकार्यलाई जोड दिने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता यही भदौ २० गते शनिबार घोराही उपमहानगरपालिका वडा नम्बर १५, रतनपुरस्थित ४ के एरिना फुटसल मैदानमा हुने भएको हो । प्रतियोगितामा आयोजक संजीवनी शिक्षण अस्पताल,नेपाल पत्रकार महासंघ दाङ,घोराही बनाउ अभियान र जिल्ला प्रहरी कार्यालय दाङका टोलीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज घोराहीमा आयोजित कार्यक्रममा आयोजक संजीवनी शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले कार्यक्रम केवल फुटसल प्रतियोगितामा सीमित नभई स्वास्थ्य,खेलकुद,सामाजिक उत्तरदायित्व र संस्थागत सहकार्यलाई एकै ठाउँमा जोड्ने प्रयास भएको बताए । उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था,सञ्चार क्षेत्र,सुरक्षा निकाय तथा सामाजिक अभियानमा सक्रिय संस्थाबीच आपसी सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्पष्ट पारे ।
“स्वास्थ्यका लागि खेलकुद आवश्यक छ । स्वास्थ्य संस्था उपचारमा मात्र केन्द्रित नभई स्वस्थ समाज निर्माणका गतिविधिमा पनि सक्रिय हुनुपर्छ भन्ने सन्देश दिन हामीले यो प्रतियोगिता आयोजना गरेका हौं,” उनले भने ।

अध्यक्ष खुमा प्रसाद अर्यालको जन्मदिनलाई सामाजिक तथा सिर्जनात्मक ढंगले मनाउने उद्देश्यले समेत प्रतियोगिता आयोजना गरिएको रोकाले बताए । उनका अनुसार खेलकुदले शारीरिक स्वास्थ्यसँगै आपसी सद्भाव,मित्रता,अनुशासन र सहकार्यको भावना विकास गर्ने भएकाले यसलाई सामाजिक अभियानसँग जोडिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले संकट,विपद र प्रकोपका बेला अग्रपंक्तिमा रहेर काम गर्ने विभिन्न संस्थाहरु अहिले नै एक ठाउँमा आएर मित्रवत प्रतिस्पर्धा गर्दा भविष्यमा संकटका समयमा समेत सहकार्य गर्ने वातावरण निर्माण हुने बताए । उनले प्रतियोगितालाई मनोरञ्जनका रूपमा मात्र नभई संस्थागत सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसरका रुपमा लिनुपर्ने धारणा राखे ।

त्यस्तै,घोराही बनाउ अभियानका संयोजक सविन प्रियासनले “स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नारालाई सार्थकता दिने उद्देश्यले प्रतियोगिता आयोजना गरेकोमा संजीवनी शिक्षण अस्पताललाई धन्यवाद दिए । खेल क्षेत्रको विकास र खेलकुदप्रतिको सकारात्मक सन्देश प्रवाह गर्न प्रतियोगिता सफल हुने विश्वास उनले व्यक्त गरे ।

प्रतियोगिताको संयोजन संजीवनी शिक्षण अस्पतालका प्रशासन प्रमुख सुशील रिजालले गरेका छन् । चार संस्थाका टोलीबीच हुने मैत्रीपूर्ण फुटसल प्रतियोगिताले खेलकुद मार्फत स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै घोराहीमा क्रियाशील विभिन्न संस्था र क्षेत्रबीच सहकार्य,मित्रता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]