
Msbus
Ksbus
Lnp
Sdc
Ggp
Ggp
Rgp
Asbus
Ksbus

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटिया स्थित आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर रसुवाका बाढीपीडितहरुलाई आर्थिक सहयोग गरेका छन् ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति पुर्याएपछि पीडितहरुको घाउमा मलम लगाउन विद्यार्थीहरुले स्वतःस्फूर्त रुपमा यो सहयोग जुटाएका हुन् । विद्यालयको सहजीकरण तथा विद्यालय व्यवस्थापन समिति (SMC) का सदस्यहरुको अगुवाइमा कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुबाट कुल ३४ हजार ३ सय ४६ रुपैयाँ सङ्कलन गरिएको छ ।
त्यस्तै,उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।विपद र दुःखको यस घडीमा सबै नागरिकले पारस्परिक सहयोग र मानवीय भावना राख्नुपर्ने विद्यार्थीहरुको भनाइ छ । आफूहरुले सङ्कलन गरेको सानो रकमले पनि बाढीपीडित क्षेत्रका विद्यार्थीहरुको अध्ययन र राहतमा केही नकेही सहयोग पुग्ने विश्वास उनीहरुले व्यक्त गरेका छन् ।
